समुदाय प्रहरी साझेदारीलाई वल्र्ड लिंक र पथरी हस्पिटलको सहयोग

पथरी / नेपालमा इन्टरनेटको माध्यमबाट जनताहरुलाई सुचनाको पहुचमा पुर्याउदै आएको वल्र्ड लिंक कम्युनिकेशन र पथरी हस्पिटलले दुर्घटना न्यूनिकरण गर्ने उदेश्यका साथ अघि बढेको नेपाल प्रहरीलाई चेतना मुलक बोड सौजन्य गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत वल्र्ड लिंक कम्युनिकेशन र पथरी हस्पिटलले पथरी नगर प्रमुख दिलिप कुमार राईको उपस्थीतीमा इलाका प्रहरी कार्यलय पथरीका प्रमुख दिलिप कुमार गिरिलाई ५० भन्दा बढि साईनबोट हस्तान्तरण गरेको छ ।

कसैको प्रलोभनमा नफसौ एक गलत निर्णनयले जिन्दगी बर्बाद हुन सक्छ, नगरीक बिना बर्दिका प्रहरी हुन भने, प्रहरी वर्दिका नागरीक हुन, आफ्नो यात्र विवरण सामाजिक संजालमा नहालै त्यसबाट तपाईको सुरक्षामा खतरा अुनसक्छ, हतार गर्नु दुर्घटना निम्त्याउनु हो जस्ता ५० भन्दा बढि चेतना मुलक बोड रहेका छन ।

पथरीशनिश्चरेका बिभिन्न सार्वजनिक स्थानमा उक्त दुब्र्यसनी, सवारी दुर्घटना र ब्याक्तीगत सुरक्ष संबन्धी चेतनामुलक बोड राखि जनतामा सु–सुचित गराउने इलाका प्रहरी कार्यलयका प्रमुख दिलिप कुमार गिरिले बताए । “शान्तिपुर्ण र सुरक्षीत समाजका लागि” भन्ने मुल नारा लेखिएका चेतना मुलक साईन बोडले जनतामा सचेतना जगाउदै समाज सुरक्षित रहने वल्र्ड लिंङ दमक शाखा प्रमुख राजन तिमसिनाले बताए ।

प्रदेश नं. १ ले ल्याएको सामुदायीक प्रहरी साझेदारी कार्यक्रममा वल्र्ड लिंक कम्युनिकेशन र पथरी हस्पिटलले गरेको सहयोगी कार्यको प्रसंसा गर्दै नगर प्रमुख दिलिप कुमार राईले यस्ता कार्यले प्रहरी र सामाजिक संघ सस्था बिचको संबन्ध गाढा हुर्दै सुरक्षीत समाज निमार्णमा सहयोग पुग्ने बताउनु भयो ।

नेपालको इन्टरनेटको दुनियामा नं. १ बन्न सफल वल्र्ड लिङकले सामाजिक कार्यका साथै सस्तो सुलभ र प्रभावकारी इन्टर नेट सेवा प्रदान गर्दै आएको छ । बजारका मुख्य भाग र कार्यलय स्थानमा निशुल्क इन्टर नेट सेवा पुर्याउदै आएको वल्र्ड लिङकले चाडै वल्र्ड लिङक प्रयोग कर्तामाझ आई पि टिभी र आई पि टेलिफोन निशुल्क प्रदान गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया

Loading…