ईटहरीका मेयर द्धारिकलाल मानसिक रोगी भएको नेकपा नेता चौलागाँईको खुलासा (भिडियो सहित)

ईटहरी । भ्रष्टचार बिरोधी मेयरका रुपमा परिचय बनाएको ईटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी मानसिक रोगी रहेको र ललितपुरको एउटा निजि क्लिनिकबाट नियमित औषधी सेवन गरिरहेको नेकपा सुनसरीका जिल्ला सदस्य रामप्रसाद चौलागाँईले खुलासा गरेका छन ।

सोमबार पूर्वेली न्युजको स्टुडियोमा भिडियो कुराकानी गर्दै चौलागाईले चौधरी एकजना मानसिक रोग बिशेषज्ञको निगरानीमा नियमित औषधी खाईरहेको भन्दै उनले मानसिक सन्तुलन गुम्दा र नियमति औषधी नहुँदा मनपरी बोल्ने गरेको आरोप समेत लगाए । तिनै मेयर चौधरीले सार्बजनिक जग्गा मिचेर घर बनाएको र ईटहरी खानेपानीमा ८ करोड भ्रष्टचार गरेको भन्दै ईटहरीको दुर्गा प्यालेसमा सार्बजनिक कार्यक्रममा थप्पड समेत हानेका चौलागाँईले आरोप प्रमाणित गर्न चुनौति समेत दिएका छन ।

पछिल्लो समय मेयर चौधरीले चौलागाँईलाई पक्राउ गर्न नगर प्रहरी खटाएका छन भने चौलागाँईले आफुसँग पैसा मागेको र नदिँदा मनपरी गाली गर्दै पक्राउ गर्न प्रहरी खटाएको उल्लेख गरेका छन । यिनै बिषयमा हामीले नेता चौलागाँई सँग बिशेष कुराकानी गरेका छौँ । चौलागाँई सँगको भिडियो कुराकानी :

तपाईको प्रतिक्रिया

Loading…