लर्ड बुद्धको स्थापना दिवसमा पूर्वेलीकर्मी काफ्ले सम्मानित

पथरी / मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्वर २ मा रहेको लर्ड बुद्ध बचत तथा ऋण सहकारी सस्थाले आफ्नो स्थापना दिवसको अवसर पारेर पत्रकार गोपाल काफ्लेलाई सम्मान गरेको छ । २०५९ सालमा स्थापना भएको सहकारीले आफ्नो १७ औ स्थापना दिवसमा मोफसलमा रहेर सहकारी तथा समाजका हरेक विषयमा आफ्नो कलमको माध्यमबाट समाजलाई सु–सुचित गरेको भन्दै नगद ५ हजार सहित सम्मान गरेको छ । सस्थाले पथरीशनिश्चरे कार्यक्षेत्र बनाएर कलम चलाउने संचारकर्मीलाई प्रत्येक दुई वर्षमा एक जना पत्रकार सम्मान गर्ने निर्णय गरेको छ । सस्थाले स्थापना दिवसकै अवसरमा काफ्ले सहित सस्थाकी जेष्ठ नागरीक ७२ बर्षिय कृष्णमाया राईलाई समेत सम्मान गरेको छ ।

सस्थाले स्थापना दिवसको अवसरमा ३ दिने शैक्षिक कार्यक्रम गरि उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरेको छ भने सस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ५ पिन्टभन्दा बढी रक्तदान गर्ने संस्थालाइ सम्मान गरेको छ । सोही अवसरमा संस्थाले ५ जना एकल महिलालाई २ हजारका दरले राहत बितरण वितरण गरेको छ । सस्थाले वृद्ध वृद्धा सेयर सदस्यहरुलाई तिर्थाटन, जन्मदीन मनाई दिनुको सार्थै मासिक ६ सय वृद्ध भता दिने गरेको छ ।

सम्मानित ब्याक्तीहरुलाई सम्मान गर्दै कार्यक्रममा प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाले सहकारी आफ्ना सदस्यहरुको दुखको साथी बनेको बताउदै सहकारीमा आबद्द भए जीवन सहज हुने बताउनु भयो । कार्यक्रममा बोल्दै संविधान सभा सदस्य चण्डि प्रसाद राईले सहकारीले सदस्यहरुको आर्थिक अवस्था सबल बनाउन महत्वपुर्ण भुमिका खेलेको उल्लेख गर्नु भयो ।

तपाईको प्रतिक्रिया

Loading…