लागुऔषध सहित २ जना पक्राउ

उदयपुर / उदयपुरको त्रियुगा नगरपालिका-१३ बाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका-१२ का बिकाश कट्वाल र त्रियुगा नगरपालिका-११ का २५ बर्षीय सुवास धमलालाई स्टागन ४ एम्पुल, मरफियम ४ एम्पुल, हिस्टानिल ४ एम्पुल, लोरी ४ एम्पुल सहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…