विराट एक्स्पाे २०७६ महत्वपूर्ण र भव्य हुनेछ : भाेलेश्वर दुलाल

माेरङ / विराटनगरकाे शंकरपुर मार्गमा फागुन २ देखि १० गते सम्म उद्योग संगठन माेरङकाे आयाेजनामा अन्तर्राष्ट्रिय स्तरकाे विराट एक्स्पाे २०७६ भव्य रुपमा आयाेजाना हुने भएको छ । आर्थिक विकासकाे मूल आधार , उद्योग , पर्यटन , कृषि र व्यापार भन्ने नाराका साथमा एक्स्पाे संचालन हुन लागेको हाे । प्रदेश नं. १ काे औधाेगिक एंव व्यापारिक गतिविधि लाई चलायमान बनाई आर्थिक गतिविधि र विकासमा टेवा पु- याउन अायाेजना गर्न लागिएको विराट एक्स्पाेकाे सफलताले प्रदेशकै गाैरव र प्रतिष्ठा अभिवृद्धि गर्ने अपेक्षा राखिएकाे छ ।

औधाेगिक उत्पादन तथा वस्तुहरु, कृषि ,जडिबुटी उत्पादन र कृषि औजार, सूचना प्रविधि, वैकल्पिक उर्जा , अटाेमाेबाईल्स तथा पार्टस , हस्तकलाका सामाग्रीहरु , विधुतिय सामाग्रीहरु, घरायसी सामाग्रीहरु, गार्मेट, खाद्य स्वास्थ्य , शिक्षा एंव बैंक तथा वितिय क्षेत्रका सेवा वारे जानकारी प्रदर्शनीमा हुनेछन । स्वदेशी तथा विदेशी गरि करिव ४ सय स्टलहरु रहनुका साथै प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादन बाल उद्यन , खानाका विभिन्न परिकार , सुचना प्रविधिकाे क्षेत्रमा भएका नयाँ उपलब्धिहरुकाे जानकारी , कृषिका उत्कृष्ट उत्पादनका साथै वस्तुहरुकाे अलग अलग पेभेलियन प्रदर्शनीकाे प्रमुख आकर्षण रहने छ ।

राष्ट्रिय उद्योग व्यवसाय तथा बहुराष्टिय कम्पनीहरु , कृषि तथा पर्यटन व्यवसायीहरु , शिक्षा ,स्वास्थ्य वैकिङ , हाेटल व्यवसायीहरु ,घरेलु तथा साना उद्योगहरुका साथै अन्तर्राष्ट्रिय स्तरमा भारत वंगलादेश , भुटान श्रीलंका , माल्दिस, पाकिस्तानका उद्योगी व्यवसायीहरुकाे सहभागि एक्स्पाेमा रहने भएको छ । जेष्ठ नागरिकका लागि प्रवेशमा नि: शुल्क विधार्थीका लागि छुटकाे व्यवस्था रहेकाे साथै स्वदेशी उत्पादनबाट आत्मानिर्भर बनाउन एक्स्पाेकाे महत्त्वपूर्ण भुमिका रहने छ । करिव ३ लाख दर्शकले अवलाेकन गर्ने अपेक्षा राखिएको मेलामा करिव १ अर्वकाे काराेवार तथा १ कराेड खर्च लाग्ने अनुमान आयाेजकले गरेको छ । विराट एक्स्पाे २०७६ काे सेराेफेराेमा रहेर महाेत्सवका संयाेजक भाेलेश्वर दुलालसँग गरिएको भिडियो कुराकानी ….।

तपाईको प्रतिक्रिया

Loading…