सुनसरी दुर्घटनामा श्रीमान-श्रीमती सहित ४ जनाकाे मृत्यु (तस्विरहरू सहित)

सुनसरी / सुनसरीकाे तित्रृबनामा (झुम्का देखि दक्षिण) बस र हाईस ठाेक्किदा श्रीमान-श्रीमती सहित ४ जनाकाे मृत्यु भएकाे छ ।

इटहरीबाट पश्चिम तर्फ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको हाईस गाडी र इनरुवाबाट इटहरी तर्फ आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एक आपसमा ठाेक्किदा ४ जनाकाे मृत्यू हुनका साथै अन्य ८ जना घाईते भएका छन् ।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय प्रदेश १ का प्रमुख एसपी भीम बहादुर दाहालका अनुसार मृतकहरू सबै हायसमा सवार रहेका थिए । मृत्यु हुनेहरुमा हायसका चालक दिपक खडका, झापा भद्रपुरका (श्रीमान-श्रीमती) ७५ वर्षीय हेमराज दाहाल र ६५ वर्षीया डोलमाया कोइराला रहेका छन । एक जनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको र अन्य घाईतेहरूकाे नाम थर खुल्न सकेकाे छैन । घाइतेहरूकाे इनरुवा अस्पतालमा ४ जना एपेक्स अस्पतालमा २ जना र धरानकाे वीपीमा २ जनाकाे उपचार भईरहेको प्रहरीले जनाएको छ ।

तस्विरहरू

याे पनि पढ्नुहाेस्

सुनसरीकाे झुम्कामा बस र हाईस ठाेक्किदा तीन जनाको मृत्यु, थप विवरण आउँन बाँकी

तपाईको प्रतिक्रिया

Loading…