नेपाल एयरलाइन्सका २० पाइलटले बुझाए सामूहिक राजीनामा

काठमाडौं / नेपाल वायुसेवा निगमका दुई दर्जनभन्दा बढी पाइलटले सामूहिक राजीनामा बुझाएका छन् । व्यवस्थापनका कारण निगम धराशयी भएको तथा विदेशी र नेपाली पाइलटबीच सेवा–सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरूले राजीनामा बुझाएका हुन् ।

अन्तर्राष्ट्रिय उडान भर्ने निगमका चार जहाजका ४० पाइलटमध्ये ९ माघमा २५ जनाले सामूहिक राजीनामा दिएका छन् । राजीनानमा बुझाउनेमा वाइडबडीका तीन र न्यारोबडीका २२ पाइलटसहित २५ जना छन् ।

तपाईको प्रतिक्रिया

Loading…