अभिभावककाे साथ सहयाेग तथा विद्यार्थीहरुकाे प्रगति देख्दा खुसि लाग्छ : देवी सिटौंला

माेरङ जिल्ला अन्तर्गतकाे शिक्षा क्षेत्रमा देवी सिटौंला परिचित नाम हाे । उहाँकाे जन्म वि. स. २०२८ सालमा पिता स्व. गंगाप्रसाद सिटौला तथा माता राधिका सिटौलाबाट हालकाे सुन्दरहरैंचा ७ गाेठगाउँमा भएको हाे । सिटौला विगत २ दशक भन्दा बढी समय देखि माेफसलकाे शिक्षा क्षेत्रमा रहेर काम गर्दै अाउँनु भएको छ । शिक्षा क्षेत्रमा विगत लामाे समय देखि अनुभव हासिल गरेर यसैमा रमाईरहनु भएका सिटौला शिक्षित स्वभावका धनि , सरल तथा संर्घषबाट सफलता प्राप्त गरेकाे व्यातित्वका रुपमा समेत परिचित हुनुहुन्छ ।

विभिन्न सङ्घ संस्थाहरुमा समेत कार्यरत रहनु भएका सिटौला शिक्षाबाट समाजकाे हित हुने कार्य गर्न रुचाउँनु हुन्छ । उहाँ शिक्षाबाट नै सबैकाे हित र विकास हुन्छ भन्ने मान्यता समेत राख्नु हुन्छ । शिक्षासेवी सिटौला प्याब्सन माेरङकाे सहकाेषाध्यक्ष तथा ज्ञानज्याेति इग्लिस स्कुल गाेठगाउँकाे प्रिन्सिपल समेत हुनुहुन्छ । सिटौलासंग उहाँको विद्यालयकाे गतिविधिमा केन्द्रीय रहेर शैक्षिक तथा समसामयिक सन्दर्भमा गरिएको भिडियाे कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

तपाईको प्रतिक्रिया

Loading…