खाल्डोको पानीमा डुबेर ईटहरीमा बालकको मृत्यु

इटहरी / सुनसरीको इटहरी उपमहानगरपालिकामा खाल्डोको पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । इटहरी १३ स्थित खनारमा खाल्डोको पानीमा डुबेर एकजना बालकको मृत्यु भएको छ ।

मोहमद अवु जाहेरीको २ वर्षिय छोरा मोहमद रसुदिन मिया आफ्नै घर छेउमा रहेको पानि जमेको खाल्डोमा खेल्ने क्रममा डुबेर घाईते भएका थिए । घाईते उनलाई उपचारकोलागी बिराट हेल्थ टेक्निकल कलेज बाँसबारी बिराटनगर लगिएकोमा उपचारको क्रममा साँझ ६ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…