भोजपुरमा एमसीसीको विरोध गर्ने तीन प्रहरीको नियन्त्रणमा

भोजपुर / जिल्ला प्रहरी कार्यालय भोजपुरले एमसीसीको विरोधमा आन्दोलनमा उत्रेका मानिसहरुलाई नियन्त्रणमा लिएको छ । प्रहरीले भोजपुरको देउराली चोकबाट एमसीसीको विरोधमा आएका मानिसहरुलाई नियन्त्रणमा लिएको हो । आन्दोलनकारीले प्रहरी प्रसाशनले ज्यादती गरेको प्रतिक्रिया दिएका छन् ।

सान्तीपूर्ण रुपमा गरिएको आन्दोलनमा प्रहरीले राष्ट्र हित विपरित हस्तक्षप गरेको आन्दोलनकारीले बताएका छन् । सवै नेपालीको हितमा उठाएको विषयवस्तुको बारेमा सरकारले गरेको हस्तक्षपको विषयमा आन्दोलनलाई थप प्रभावकारी बनाईने जनाइएको छ ।

 

Loading…

तपाईको प्रतिक्रिया