क्यान इन्फोटेक मेला : मान्छे संग बाेल्ने राेबर्ट देखि अचम्मकाे ड्राेन

एकैदिन ३ हजार बढीले गरे अवलोकन

इटहरी / माघ १ गतेबाट सुनसरीको इटहरीमा जारी क्यान इन्फोटेक मेलाको दोश्रो दिन अन्तरग बिहीबार एकैदिन ३ हजार भन्दा बढीले अवलोकन गरेका छन । क्यान महासंघ सुनसरीले आयोजना गरेको एक नं प्रदेश स्तरीय इन्फोटेकमा दोश्रो दिन ११ नीजि बिद्यालयका बिद्यार्थी इटहरीमा रहेका सामाजिक संघ संस्थाका प्रतिनिधिहरूले मेलाको अवलोकन गरेका हुन ।

८० वटा स्टल रहेको उक्त मेलामा    रोबोर्टहरूको भिडन्त , दौड , आइटी म्युजियमको व्यवस्था,सेफ्टी एण्ड सेक्युरीटी सम्बन्धी बृहत प्रदर्शनी ,शुचना प्रविधि सम्बन्धि बृहत प्रदर्शनी , कम्प्युटर प्रिन्टर र ल्यापटप फ्री सर्भिस क्याम्प तथा एक्सचेन्ज , सिसि टिभी , एन्टी भाइरस लगायत बिभिन्न आइटी प्रोडक्टहरूमा बिशेष छुटको व्यवस्था , स्कुल कलेज स्तरीय आइटी क्विज प्रतियोगिता , कर्पोरेट स्टलको ब्यवस्था , स्केट प्रदर्शनी आइसिटि तालिम समेत प्रदान गरिएको छ ।

बिहीबार अवलोकन गर्न आएका बिद्यार्थीहरूले सुचना प्रविधिको बिकासमा अहिले सम्म प्रयोग भएका यन्त्र तथा सामग्रीहरूको बिषयमा जानकारी लिएका थीए । त्यसैगरी इन्फोटेकभित्र राखिएका रकेट , बिद्यार्थीहरूले बनाएको रोर्बट , कृषी प्रायोजनको लागि राखिएको ड्रोन लगायत गेमिङमा घण्टौ रमाएका थीए ।

आइटी क्षेत्रमा अहिले सम्म भएका बिकास र मानव जिवनमा पुग्ने फाइदा तथा असरबारे राम्रो ज्ञान पाइएको तरहरास्थित पूर्वाञ्चल सेकेन्डरी बोर्डीङ इङग्लिस स्कुलका बिद्यार्थी समिर कार्कीले बताए ।
त्यस्तै इटहरीका सामाजिक अभियान्ता राजु केशीले क्यान इन्फोटक भित्र रहेका सबै स्टलहरू पायक रहेको बताए । सुचना प्रविधि लगायत शिपमुलक बिषयमा स्थानीय तथा बाहिय पर्यटकहरूलाइ ज्ञान दिनु एक प्रकारको सेवा नै रहेको उनको भनाइ थीयो ।

ड्रोनमा बेग्लै आकर्षण

dron 1

बिशेषगरी एक पटकमा २५ किलो सम्मको वजन बोक्न सक्ने ड्रोन अवलोकन कर्ताहरूको मुख्य आकर्षण बनेको छ । मधुका ड्रोन सर्भिसले मेलामा राखेको उक्त ड्रोन कृषी प्रयोजनकालागि उत्तम मानिएको छ ।२० मिनेटको अन्तरमा १० हेक्टर जमिनमा टिटनासक औषधी , बिउ , पानी लगायत छर्न सक्ने वा काम गर्न सक्ने क्षमता भएको ड्रोनको नेपाली मुल्य रू ७ लाख पर्ने र जस्तै नजान्ने कृषकले पनि यसलाइ सजिलै मोबाइलको जिपिएस प्रयोग गरेर चलाउन सक्ने छन ।

एकहल गोरू किन्न नसक्ने अवस्थामा रहेका कृषकहरूकालागि ड्रोन कल्पना भन्दा बाहिरको रहेको तर यसमा पनि बिपन्न बर्गका कृषकहरूलाइ सर्वसुलभ मुल्य तोकेर भाडामा दिने ब्यवस्था पनि मिलाइएको मधुका ड्रोन सर्भिसका प्रबन्ध निर्देशक सम्भु शंकर शिवाकोटीले बताए ।  ५० जनाले घण्टौ लगाएर गर्ने काम १० मिनेटमै सक्ने ड्रोनको स्टल नम्बर स्वागत गेटबाट भ्को ७ नम्बर मा रहेको छ ।

रकेटमा त्यति कै भिड

raket 1

क्यान इन्फोटेक मेला अन्तरगत स्टलहरू मध्ये रकेट प्रदर्शनी पनि उत्तीकै लोकप्रीय बनेको छ । दोश्रो बिश्व युद्ध हुदा रकेटको प्रयोग कसरी भएको थीयो र अहिले अन्तरिक्षमा यसको महत्वको बिषयमा अवलोकन गर्न आउने बिद्यार्थी तथा स्थानीय व्यवसायी र सामाजिक ब्याक्तित्वहरूले निशुल्क ज्ञान प्राप्त गरेका थीए ।

पहिलो दिन देखि नै अवलोकनकर्ताहरूको रोजाइमा परेको रकेट दाश्रो दिन पनि अवलोकन गर्नेहरूको भिड बडदो रहेको छ । रकेट संगै  टेलिस्कोप , दुर्विन , साइन्स ल्याव इकोवमेन्ट ,माइक्रोस्कोप लगायत प्रदर्शनीमा राखिएका सामग्रीहरू अवलोकनकर्ताहरूको राजाइमा परेको छ । उक्त स्टललाइ नास्नल इञ्जिनियरीङ अट्रोनेभिकल रिसर्च सेण्टरले प्रदर्शनीमा राखेको छ । यसको स्टल मुख्य स्वागत गेटबाट द्य को ७,८,९ नंमा रहेको छ ।

मान्छेसंग बोल्ने रोबर्ट

ro

इन्फोटेक मेलाभित्र मान्छे संग प्रत्यक्ष बोल्ने रोबर्ट पनि बिशेष आकर्षणमा परेको छ । बिहीबार उक्त स्टलमा बाक्लो भिड देखिएको थीयो । इटहरीस्थित नमुना कलेजका बिद्यार्थीले निर्माण गरेको उक्त रोबर्ट प्रत्यक्ष मान्छे संग कुराकानी गर्न सक्छ ।  बिद्यार्थीहरूले कलेज , विधालय अफिस तथा रेस्टुरेन्टमा रिसेप्सनको काम गर्न सक्ने गरी विशेष किसिमको प्रविधि जडित रोबोट बनाएका हुन् । उक्त रोबोटलाई वाइफाइको माध्यमबाट कम्प्युटर तथा मोबाइल एपको प्रयोग गरी नियन्त्रण गर्न सकिने रोवर्टको आवीस्करकर्ता विधार्थी प्रदिप शर्माको भनाइ छ ।

विद्यार्थीहरुले आफ्नै कलेजको सहयोगमा विभिन्न खालका नयाँ–नयाँ प्रबिधियुक्त सामाग्रीहरु निर्माण  गरिरहदा एक नयाँ रोबर्ट उत्पादन गरेका हुन । बिद्यार्थीहरूले बनाएको रोबर्ट हेर्नको लागि र प्रत्यक्ष कुराकानी गर्नको लागि मुख्य स्वागत गेटबाट ६ नं को स्टल पुग्नैपर्ने हुन्छ ।

Loading…

तपाईको प्रतिक्रिया