प्रदेश १ मा मन्त्रिमण्डल विस्तारको तयारी

विराटनगर / प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलेमन्त्रिमण्डल विस्तारको खाकालाई अन्तिम रुप दिएका छन । । श्रोतका अनुसार मुख्यमन्त्री राईले मन्त्रीहरुको संख्या १० पुर्याउने तयारी गरेका छन । जसमा एक महिला रहनेछिन् । सम्भावित नयाँ मन्त्रीहरुमा इलामका रामबहादुर मगर भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री र अन्य चार जना राज्यमन्त्री थपिने उल्लेख छ ।

कला घले, अम्बिरबहादुर गुरुङ, झलकसिंह दर्लामी, रामकुमार राई र विजय विश्वास सहित ५ जना थपिने भएका हुन् । उदयपुरकी घले सामाजिक विकास राज्यमन्त्री, ओखलढुंगाका गुरुङ भौतिक पूर्वाधार राज्यमन्त्री बन्ने निश्चित भएको छ । बाँकी दुई राज्यमन्त्रीको दौडमा रहेका झापाका दर्लामी र मोरङका विश्वास अगाडि रहेका छन् । यी दुई जना पूर्वमाओवादीका हुन् । खोटाङका रामकुमार राई समेत मन्त्रीको दौडमा रहेपछि पूर्व माओवादीलाई मन्त्रीहरु नाम टुंग्याउन समय लागेकोले मन्त्रिमण्डल विस्तारको मिति पछि सारिएको हो ।

Loading…

तपाईको प्रतिक्रिया