क्यान इन्फोटेकका आर्कषण : रोबोट वार देखि लक्कि ड्र सम्म

इटहरी / कम्प्युटर व्यवसायीहरूको छाता संगठन क्यान महासंघ सुनसरीको आयोजनामा आगामि माघ १ गते बाट सुनसरीको इटहरीमा सुरू हुने प्रदेश स्तरीय क्यान इन्फोटेक मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । स्टल निर्माणहरू देखि मुख्य प्रायोजकहरूको टुंगो लागिसकेको र प्रचार प्रसारलाइ तिब्रता दिइरहेको क्यान सुनसरीले जनाएको छ ।

बढदो शुचना प्रविधिको बिकास र त्यसबाट मानव जिवनमा पुग्ने फाइदा तथा क्षति र शुरक्षित उपभोगको बिषयमा ज्ञानमुलक शिप र जानकारी गराउने उद्येश्यसहित क्यान इन्फोटेक मेलाको आयोजना गर्न लागिएको हो । अन्य वर्षहरूको तुलनामा यो वर्ष फरक र बिशेष ढंगबाट मेला सम्पन्न गराउन क्यान महासंघ सुनसरी लागि परेको देखिएको छ । यो पटकको मेलामा अवलोकन गर्न आउने आन्तरीक तथा बाहिय पर्यटकहरूलाइ दैनिक लक्कि ड्र मार्फत आर्कषक उपहारको व्यवस्था समेत मिलाइएको छ ।

मेलामा पर्यटकहरूलाइ लक्षित गरी बिभिन्न आर्कषक उपहारहरू राखेको जनाइएको छ । ५ गते सम्म चल्ने मेलाको मुख्य प्रायोजन प्रभु पे ले गर्ने भएको छ भने एसोसिएट प्रायोजकमा वल्डलिंक कम्युनिकेशन लिमिटेड,अफिसियल इन्सोरेन्स प्रभु इन्सोरेन्सले प्रायोजन गर्ने भएको छ । मेलामा मुख्य तय पर्यटकहरूलाइ लोभ्याउन आर्कषक प्रविधिका कुराहरू ल्याइएका छन जस मध्ये तल उल्लेख गरिएको छ ।

रोबोट वार

त्यसैगरी पहिलो पटक क्यानको मेलामा रोबोटहरूको प्रत्यक्ष भिडन्त , दौड र बिभिन्न कृयाकलापहरू पनि प्रदर्शन पनि गरिने भएको छ । बिद्यार्थी एवम आइटी क्षेत्रमा काम गरिरहेका ब्याक्तिहरूले निर्माण गरेको रोबोर्टहरूलाइ राखेर प्रत्यक्ष वार गराइने , भिडन्त र दौड लगायत अन्य प्रतियोगिता गराइने छ जसको रोबोर्टले राम्रो नतिजा ल्याउछ त्यो रोबर्ट उत्कृस्ट घोषणा गरिने छ । जसमा पर्यटकहरूको आकर्षक रहने र धेरै भन्दा धेरैले यसको अवलोकन गर्ने बिश्वास लिइएको छ ।

आइटी म्युजियम

आइटी क्षेत्रमा अहिले सम्म भएका बिकाशका श्रोत साधनहरूको प्रत्यक्ष अवलोकनकालागि आइटी म्युजियमको व्यवस्था गरिएको छ जहा आन्तरिक तथा बाहिय पर्यटकहरूले शुचना प्रविधिको बिकाश हुदा के के प्रयोग भएको थीयो र अहिले सम्म के कति प्रविधिहरू बिकाश भइरहेका छन त्यसको प्रत्यक्ष अवलोकन गर्न पाउनेछन । जसमा आन्तरिक पर्यटकहरू प्रत्यक्ष लाभान्वित हुने बिश्वास लिइएको छ ।

सेफ्टी एण्ड सेक्युरीटी सम्बन्धी बृहत प्रदर्शनी

मेला भित्र शुचना प्रविधीको उपयोग संगै आफ्नो फेशबुक , ट्विटर , इमो लगायत इन्टरनेटको माध्यमबाट चल्ने युजर आइडीहरूलाइ कसरी शुरक्षित बनाउन सकिन्छ त्यसको बिषयमा पनि बृहत प्रदर्शनी हुने छ । बिद्यार्थी लगायत अवलोकन गर्न आउनेहरूले यसको प्रत्यक्ष लाभ लिन सक्नेछन र यसलाइ पर्यटकहरूको मुख्य आकर्षण केन्द्र पनि मानिएको छ ।

साथै मेला भित्र शुचना प्रविधि सम्बन्धि बृहत प्रदर्शनी , कम्प्युटर प्रिन्टर र ल्यापटप फ्री सर्भिस क्याम्प तथा एक्सचेन्ज , सिसि टिभी , एन्टी भाइरस लगायत बिभिन्न आइटी प्रोडक्टहरूमा बिशेष छुटको व्यवस्था , स्कुल कलेज स्तरीय आइटी क्विज प्रतियोगिता , कर्पोरेट स्टलको ब्यवस्था , स्केट प्रदर्शनी आइसिटि तालिम समेत प्रदान गरिने छ ।

तपाईको प्रतिक्रिया

Loading…