नेपाल पुलिस सेमीफाइनलमा प्रवेश

इनरुवा / नेपाल पुलिस क्लब इनरुवामा जारी एमएम कपको सेमीफाइनल पुग्ने तेस्रो टिम बनेको छ । समूह बि अन्र्तगतको अन्तिम खेलमा आज प्रदेश नम्बर २ लाई ४६ रनले पराजित गर्दै नेपाल पुलिसले अन्तिम चारको स्थान सुरक्षित गरेको हो । अन्तिम चारमा स्थान बनाउन दुवै टिमकालागि आजको खेल जित्नै पर्ने थियो । १ सय ८४ रनको लक्ष पछ्याउँदै मैदान उत्रेको प्रदेश २ को पारी १ सय ३७ रनमा समेटियो ।पहिलो पारीमा पुलिसलाई मध्यम स्कोरमा समेट्न सफल बनेको प्रदेश २ को ब्याटिङ भने चल्न सकेन् ।निर्णायक खेलमा ब्याट्सम्यान नचल्दा २ नम्बर प्रदेश ४२ दशमलव २ ओभरमा सबै विकेट गुमाउन पुग्यो र पराजय सँगै समूह चरणबाटै बाहिरियो ।

प्रदेश २ का बिशाल सुस्लिङले ८० रनको पारी खेलेपनि टिमलाई जित भने दिलाउन सकेनन् । २ नम्बर प्रदेशलाई अलआउट गर्ने क्रममा पुलिसका दिपेन्द्र ऐरी र ललित सिंह भण्डारीले ३÷३ विकेट लिए । पवन सर्राफले २ विकेट हात पारेको खेलमा ललित राजवंशी र सागर ढकालले १÷१ विकेट लिए ।
पहिलो इनिङसमा ब्याटिङ गरेको पुलिसको सुरुवात समेत राम्रो हुन सकेन् । मध्यम सुरुवात गरेको पुलिसका सुनिल धमला र अमित श्रेष्ठले पहिलो विकेटका लागि ३६ रन जोडे ।

व्यक्तिगत ७ रनमा रनआउटका रुपमा धमला लाई गुमाएको पुलिसले त्यसपछि लय गुमायो र निरन्तर अन्तरालमा विकेट गुमायो ।
मध्यम क्रमका ब्याट्सम्यान नचल्दा धरासायी बनेको पुलिसको पारीलाई दिपेन्द्र ऐरी र राशिद खानले उकासे । दुवैले सातौं विकेटका लागि ४७ रनको महत्वपूर्ण साझेदारी गरे । पुलिसका दिपेन्द्र ऐरीले सर्वाधिक ५० रन बनाए ।

प्रदेश २ का लेग स्पिनर कुमार थापा एक्लैले पुलिसको ५ विकेट चट्काए । विवेक यादव र राहुल प्रताप सिंहले समान २÷२ विकेट लिए । दिपेन्द्र सिंह ऐरी खेलको प्लेयर अफ द म्याच चुनिए । प्रतियोगिता अन्र्तगत भोलिबाट समूह डी अन्र्तगतका खेलहरु हुने छन् । भोलि हुने खेलमा सुदुर पश्चिम प्रदेशले मलेसियाको राष्ट्रिय टिम सँग प्रतिष्पर्धा गर्ने छ । जारी प्रतियोगितामा प्रदेश नम्बर ३ सँगै विभागीय टिम आर्मी यसअघिनै अन्तिम चारमा प्रवेश गरि सकेको छ ।

तपाईको प्रतिक्रिया

Loading…