आर्थिक अभावले ब्लड क्यान्सर पीडित पिंकीको उपचारमा समस्या, सहयोग गर्न परिवारको आग्रह

काठमाडौं । ब्लड क्यान्सर पीडित धनुषाको जनकपुर उपमहानगरपालिका–१ कि ३५ वर्षीया पिंकी कुमारी साह करिब एक वर्षदेखि उपचाररत अवस्थामा छिन् । काठमाडौंस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)मा उपचार गराइरहेकी उनको अब उपचार अन्तिम चरणमा पुगेको छ । तर, आर्थिक अभावले उपचार गराउन सकस भएको भन्दै उनका पति रोशन कुमार साहले आर्थिक सहयोग गर्न सबैजनासँग अपील गरेका छन् । 

गएको फागुन ३१ गते सिभिलमा भर्ना भएकी उनको उपचारमा ३५ लाख भन्दा बढी रुपैयाँ सकिएको र अझै लाखौं लाग्ने पति रोशनले जानकारी दिए ।  ब्लड क्यान्सर (एपीएमएल) पीडित उनले क्यान्सरको उपचारकै क्रममा गत वैशाख ३१ गते छोरीलाई जन्मसमेत दिएकी थिइन् । 

पिंकीको उपचारमा अझै १० लाख रुपैयाँ लाग्ने अनुमान गरिए पनि अनुमानित रकम भन्दा बढी खर्च हुँदै आएकाले अब कति चाहिने एकीन गर्न नसकिने भन्दै रोशनले श्रीमतीको उपचारमा आर्थिक सहयोग गरिदिन सबैमा अनुरोध गरेका हुन् । ऋण धन र केही सहयोगबाट प्राप्त रकमले उपचार गर्दै आएको जानकारी दिएका पति रोशनले अन्तिम चरणको उपचार हुन लागेको भए पनि पैसा नभएकाले कसरी उपचार गर्ने भन्ने चिन्ता लागेको बताए ।

हाल जनकपुरमा रहेका उनीहरु आउँदो साता उपचारका लागि काठमाडौं आउनु पर्ने भएपनि पैसा नभएको रोशनले बताए । पछिल्लोपटक ऋणसमेत नपाएको भन्दै गहभरी आँशु पार्दै रोशनले श्रीमतीको उपचारमा आर्थिक सहयोग गरिदिन आग्रह गरेका हुन् । सानी छोरी र आफ्नो अवस्था देखेर श्रीमती पनि चिन्तित रहेको भन्दै उनले सहयोग गर्न चाहनेहरुले आफ्नो मोबाइल नम्बर ९८०८५३८१७२ सम्पर्क गर्न सक्ने बताए । साथै उनले बैंक अकाउन्ट पनि दिएका छन् । 

एनआईसी एसिया बैंक कलंकी शाखामा पिंकी कुमार साह (Pinky kumari sah)को नाममा रहेको अकाउन्ट नम्बर १०५७०३३१४४३५२४०१ वा एनएमबी बैंक जनकपुर शाखामा रोशन कुमार साह (Roshan Kumar shah)को नाममा रहेको अकाउन्ट नम्बर ०३०००७२०५०२०००११ मा रकम जम्मा गरिदिएर सहयोग गर्न पति रोशनले सबैमा आग्रह गरेका छन् ।

Loading…

तपाईको प्रतिक्रिया