सम्झनामा याम प्रधान : सकरात्मक साेचका धनी र पत्रकारीताका धराेहर ब्यक्ती

इटहरी / बिहीबार बिहानै दुखद खबरले स्तब्ध बनायो , औला समातेर जसले समाचार लेख्न सिकायो त्यहि ब्याक्ति आज संसार माझ रहनुभएन भन्ने खबरले म मात्रै हइन सिंगो इटहरीनै सन्नाटा छाए जस्तो लाग्यो । पत्याउनै गाह्रो हिजो जस्तो लाग्थियो संगै समाचारको खोजिमा गाउ गाउ डुलेको । ति कुराहरू सम्झदा केहि क्षण आखा पनि रसाए । तर संसारको रीति यस्तै हो जो जन्मन्छ उसको मृत्यु निश्चित छ भन्ने सत्यलाइ स्विकार्नुबाहेक अरू केहि गर्न सकिएन ।

सुनसरीको इटहरीलाइ कर्मथलो बनाएर बिगत ३ दशक देखि पत्रकारीता क्षेत्रमा सम्मान पाइसक्नुभएका अग्रज एवम बरिष्ठ पत्रकार याम प्रधानको निधनले इटहरी स्तब्ध बनेको छ । लामो समयदेखि मृगौलामा समस्या आएको कारण बिरामि भएर थलिएका पत्रकार प्रधानको बिहीबार आफ्नै निवासमा बिहान साडे ३ बजे निधन भएको हो ।

इटहरीस्थित बुडि गंगा जमुना मुक्तिधाममा बिहीबार हिन्दु परम्परा अनुसार अन्तेस्टी गरिसकिएकाे छ । प्रधानकाे पार्थिव शरिरमा उनकि छाेरी एलिशाले दागवति दिएर अन्तिम संस्कार गरिएकाे थीयाे ।

को हुन प्रधान ?

बिस। २०२४ साल माघ १० गते भोजपुरको अर्खौलेमा जन्मनुभएका प्रधान तिन दशकबढी समय देखि पत्रकारीतामा क्रियाशिल रहनुभएको थीयो । उनलाइ सुनसरी क्षेत्रमा पत्रकारीता जगतका गुरू पनि भनेर मान्ने गरेका थीए । नेपाल पत्रकार महासंघ सुनसरीका पुर्व सभापतिको भुमिका पनि निभाइसक्नुभएका स्वर्गिय पत्रकार याम प्रधान नेपाल प्रेस युनीयनको वरिष्ठ उपाध्यक्ष समेत रहनुभएको थीयो ।

पत्रकारीता क्षेत्रमा पुर्याएको बिशिस्ट योगदानको कदर गर्दै पत्रकार प्रधानलाइ नेपाल सरकारले प्रेस स्वतन्त्र सेनानीको उपाधी बाट समेत सम्मानीत गरेको थीयो । बाल्यकाल भोजपुरमा गुजारेर युवा अवस्थामा तराइ झर्नुभएका याम प्रधान ४ जना दाजुभाइ मध्ये साइला भाइ हुन ।

युवा अवस्था देखि नै पत्रकारीतामा सकृिय स्वर्गीय प्रधान सबै संग मिजाशिला बोलि भएका र काम प्रति इमान्दारीता रहिरहने उद्धारता स्वाभावका ब्याक्ति मानिन्छन । तत्कालीन राजा ज्ञानेन्द्र शाह देखि नेपालका राजनीतिक धरोहर मानीने पूर्व प्रधानमन्त्री मन महोन अधिकारी , गिरिजा प्रशाद कोइरालासंग पनि राम्रो सम्बन्ध बनाएर एक परिचय बनाएका ब्याक्ति मानिन्छन । पञ्चायत कालमा भ्रस्ट्रचार बिरूद्ध अावाज उठाउदा उनि लामाे समय जेल समेत बसेका थीए ।

पत्रकारीतामै सकृिय रहदा प्रधानले नेपालकाे राजनीतिक दलका प्राय सबै नेता तथा मन्त्री हुदै प्रथम राष्ट्रपति रामवरण यादव संग पनि एक प्रकारकाे सम्बन्ध बनाएर सुनसरीलाइ चिनाउन ठुलाे भुमिका निर्वाह गरेका थीए । नेपालका शिर्ष नेताहरूकाे हातबाट दर्जनाै पटक पत्रकारीताका बिधाबाट सम्मान थापिसक्नु भएका स्वर्गीय पत्रकार याम प्रधान इटहरी क्षेत्रमा भएका प्राय सबै कार्यक्रममा पुगेकै हुन्थे । नेपाल सरकारकै मातहतमा रहेकाे समाचार एजेन्सी राष्ट्रिय समाचार समिति ( रासस) काे सुनसरी समाचारदाताकाे रूपमा काम गर्दै अाइरहनुभएका स्वर्गीय पत्रकार प्रधान पत्रकारीता जगतका धराेहर मात्र नभएर सिंगाे इटहरी उपमहानगरका एक अार्दश ब्याक्तित्व पनि मानिन्छन ।

यति मात्र नभइ उनि इटहरी बिकाशकालागि सदैव सत्यमा अडिग रहेर कलम चलाउदै सकरात्मक साेच्नुपर्छ र लेख्नुपर्छ भन्ने भाव राखेर अाफु भन्दा जुनियर पत्रकारहरूलाइ ज्ञान बाडने अार्दश गुरू समेत मानिन्छन ।

उनले पत्रकारीतामा रहेर कहिले पदको दुरूपयोग गर्न जानेनन , करीब २ शय भन्दा बढी सामाजिक संघ संस्थाहरूबाट बिभिन्न बिधामा सम्मानीत भइसकेका प्रधान सुनसरी क्षेत्रका लागि पत्रकारीता जगतका गुरू र धरोहर ब्याक्ति मानिन्छन । उनका परिवारमा अहिले श्रीमती सन्ध्या प्रधान र एक छाेरी एलीसा प्रधान रहेका छन । पत्रकारीता जगतमा उनले खेलेको भुमिका र देखाउनुभएका उद्धारता पत्रकार महासंघ लगायत अन्य क्षेत्र तथा इटहरी वासीले सदैव स्मरण गरिरहनेछन ।

तपाईको प्रतिक्रिया

Loading…