कुलुङ समुदायले मनाउने चाक्चाकुर पर्व के हो ?

गत केही दशकदेखि नेपालमा आएको जातीय चेतनासँगै नेपालका विभिन्न जातजातिले आ–आप्mनो चाडबाड, पर्व, जात्रामात्राहरु ऋौपचारिक रुपमा मनाउने क्रम बढेको छ । यसैक्रममा कुलुङ जातिले पनि विगत २०–२१ वर्षदेखि नै खासगरी सहरबजारमा बस्ने कुलुङ जातिका मान्छेहरुले पनि आप्mनो विभिन्न चाडबाड, पर्व र जात्रामात्राहरु मध्ये चाक्चाकुर पर्व धुमधामका साथ मनाउँदै आएका छन् ।

यसै क्रममा ‘महाकुलुङ’ बाहेकका कुलुङ जातिको घना वस्ती भएका विभिन्न जिल्लाहरु जस्तै भोजपुर, संखुवासभा, इलाम, सुनसरी, मोरङ, झापा, तेह्रथुम, धनकुटा, काठमाण्डौ, भक्तपुर, ललितपुर, कास्की लगायत जिल्लाहरुमा पनि विभिन्न कार्यक्रमसहित ‘चाक्चाकुर’ पर्वलाई उत्सवको रुपा मनाउने क्रम बढेको छ । तर, राज्यले जाति मान्नु र नमान्नुमा कति फरक छ भने पुस १५, १६ र १७ मा पर्ने कुलुङ जातिको चाड÷उत्सव चाक्चाकुरको बारेमा भने, नेपालका कुनै पनि प्रकारका मिडियाहरु (अनलाइन, प्रिन्ट, रेडियो, अडियो, टिभी आदि) ले प्रचार प्रसार गर्दैनन् । त्यति मात्रै होइन, अधिकांश मान्छेहरुलाई त कुलुङ जाति को हो, के हो ? भन्ने नै थाहा हुँदैन । त्यसो भएपछि कुलुङ जातिले मनाउने चाक्चाकुर पर्व वा चाडको बारेमा त झन् उनीहरुलाई अत्तोपत्तो नै हुँदैन । तै बिसेक त्यही समयमा पर्ने गुरुङ जातिको पर्व वा भनौं चाड तमु ल्होसारको अवसरमा आयोजित नाचगान (समाचार नदिए पनि गत केही वर्षदेखि केही पत्रपत्रिकाले फोटोसम्म छाप्ने गरेका छन् ।)

केही पत्रपत्रिकाले एक कोलमको भए पनि समाचार पनि प्रकाशित गर्न थालेका छन् ! तर, कुलुङ जातिको चाड÷उत्सव चाक्चाकुरको बारेमा भने थाहै नपाए झैं गर्छन्, नेपाली मिडियाहरु । हुन त उनीहरुले वास्तवमै थाहा नपाएको पनि हुन सक्छ । त्यसैले ‘के गर्नु र खै ? तिमी हाँस पो म बसौंला रोई ।’ भने झैं भएको छ, ‘–कुलुङ जातिका लागि ।’ यसले के देखाउँछ भने, जसले जे भने तापनि राज्यले जातीय स्वपहिचान दिनु र नदिनुमा आकाश–जमीनको फरक हुन्छ । हुन त नेपाली मिडियाहरुले कुलुङ जाति जस्तो विपन्न जाति र राज्यले पहिचान नै नदिएको जातिको चाडबाड र पर्वहरुका बारेमा किन पो लेख्थ्यो र !?
जे होस्, काठमाण्डौमा रहेका कुलुङ समुदायबीच भने हरेक वर्षको पुस १५ मा विभिन्न सांस्कृतिक कार्यक्रम र नाचगानसहितको औपचारिक कार्यक्रम गरेर हरेक वर्ष नयाँ वर्ष चाक्चाकुर मनाउने गरिएको छ । गत वर्ष यले दो ५०७९ को अवसरमा महकुलुङका कुलुङ जनसमुदायले बृहद रुपमा राष्ट्रिय कलाकारहरुको गीत संगीत प्रस्तुति र कुलुङ समुदायसँग सम्बन्धित सांस्कृति प्रदर्शनी आदि कार्यक्रमसहित ‘महा कुलुङ महोत्सव’को आयोजना गरी ‘नीङ दोङ–चाक्चाकुर मिनारी दाचाम् ५०७९’ छेस्खाममा मनाएका थिए भने यो वर्ष ामा वसोवास गर्ने कुलुङहरुले यले दोङ–५०८० को अवसरमा गोकर्ण नगरपालिका–३ स्थित बन्दै गरेको आप्mनै भवनमा धुमधामका साथ मनाइने भएको छ ।

नेपालको वास्तविक चिनारी भनेकै जातीय विविधता, भाषिक विविधता, सांस्कृतिक विविधता, धार्मिक विविधता, भगौलिक विविधता आदि नै हो । त्यसैले त नेपालको भगौलिक एकीकरणका अभियन्ता र तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले नेपाल ‘चार जात छत्तीस वर्णको साझा फूलबारी हो । सबैलाई चेतना भया !’ भनी आप्mना उत्तराधिकारी र सन्ततिहरुलाई सम्झाएका थिए । यसै प्रसंगमा भन्नु पर्दा विसं २०६८ को ११ औं जनगणनाअनुसार नेपालमा एकसय २५ जातजाति र एकसय २३ भाषाभाषी छन् । ती जातजाति र भाषाभाषीमध्येमा पर्ने एक जाति हो ‘–कुलुङ ।’ तर, नेपाल सरकार मातहत रहेको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ को दफा दुई (क) अनुसार कुलुङ जातिलाई अलग्गै जातिको रुपमा सूचीकृत नगरेर हालसम्म राई ! जातिमा गाभेको अवस्था छ । जे होस्, विसं २०६८ को जनगणनालाई आधार मानेर भन्नु पर्दा कुलुङ समुदायको जनसंख्या २८ हजार ६ सय १३ र कुलुङ मातृभाषीको संख्या ३३ हजार १ सय ७० रहेको छ ।

त्यसो त कुलुङ जातिका अगुवाहरुले विसं २०५७÷०५८ देखि प्रतिष्ठान ऐन (तत्कालीन जनजाति विकास समिति) २०५८ को दफा दुई (क) अनुसार कुलुङ जातिलाई पनि आदिवासी जनजाति सूचीमा सूचीकृत गरियोस् भनी आन्दोलन सुरु गर्यो । फलस्वरुप विसं २०६५ चैतमा मानवशास्त्री तथा प्राध्यापक डाक्टर ओम गुरुङको संयोजकत्वमा नेपाल सरकारले ‘उच्चस्तरीय आदिवासी जनजाति अध्ययन तथा सूची परिमार्जन कार्यदल’ गठन गर्यो । सो कार्यदलले अध्ययन गरेर कुलुङ लगायत २५ वटा नयाँ जातिलाई आदिवासी जनजाति सूचीमा थप्न सिफारिस गरेको पनि लगभग ११ वर्ष हुन लागेको छ । जे होस्, यो प्रसंंगलाई यही छाडेर कुलुङ समुदाय र उनीहरुको नयाँ वर्ष ‘चाक्चाकुर’बारे केही चर्चा गरौं ।

विश्वमा कुनै पनि जाति वा समुदायको उत्पत्ति–थलो अर्थात् ऐतिहासिक भूमि रहेको हून्छ । त्यस्तै कुलुङ जातिको उत्पत्ति–थलो अर्थात् ऐतिहासिक भूमि सोलुखुम्बु जिल्लाको छेस्खाम, बुङ, गुदेल, सत्तो (सोताङ), पावै लगायत साविकका गाविसका भू–क्षेत्रहरु हुन् । जुन भू–क्षेत्रलाई ‘महाकुलुङ’ भनेर चिनिन्छ । नेपालका अन्य समुदायको जस्तै कुलुङ समुदायको पनि आफ्नै विशिष्ट खालको जीवनचक्र, लिखित वा अलिखित इतिहास, जातीय संरचना, भाषा, परम्परागत कानुन, परम्परागत धर्म, संस्कार, संस्कृति, रहनसहन, चाडबाड, पर्व, रीतिरिवाज, बाजागाजा, भेषभुषा, गरगहना आदि छ । कुलुङ समुदायले मनाउने चाडबाड र पर्वहरुको कुरो गर्दा कुलुङ समुदायले मनाउने नयाँ वर्ष अर्थात् ‘नीङ दोङ चाक्चाकुर’बारे यहाँ केही लेखिने छ । कुलुङ समुदायले नयाँ वर्षलाई ‘नीङ दोङ भनी पुकार्छन् भने यसै अवसरमा ‘मिनारी–दाचाम्’ भनी ३ दिनसम्म हर्षेल्लासका ‘चाक्चाकुर’ पर्व मनाउँछन् । यसरी कुलुङ समुदायले मनाउने नयाँ वर्ष अर्थात् ‘चाक्चाकुर’ विक्रम संवत्को हरेक पुस १५ गतेदेखि १७ गते सम्म मनाइन्छ ।

कुलुङ समुदायको आधिकारिक जातीय संस्था ‘नेपाल किरात कुलुङ भाषा संस्कृतिथ उत्थान संघ (कूलू गूसखोम)’ ले विसं २०६१ र विसं २०६८ मा सुनसरी जिल्लाको धरान (सेउती पारि) मा देशभरिका कुलुङ समुदायका पिता–पूर्खाहरुको भेला डाकेर पूर्खा सम्मेलन गरिएको थियो । सो भेलामा भेला भएका कुलुङ समुदायका पूर्खाहरुका अनुसार प्राचीन कालमा कुलुङ समुदायले चाक्चाकुरको अवसरमा ‘मिनारी–दाचाम्’ चाड मनाउँदा बाँसको ढुंग्रोमा भात र तिहुन पकाएर बाँसकै चोयाले बुनेको डालोम राखी, बाँसकै खपटा वा पातमा पस्केर खाने गरिन्थ्यो । यसरी बाँसको ढुंग्रोमा पकाएको भात र तिहुनलाई कुलुुङ भाषामा ‘पितितिम’ भनिन्छ । यसरी कुलुङ समुदायले चाक्चाकुरको अवसरमा ३ दिनसम्म मनाउने मिनारी–दाचाम् चाडको अवसरमा पहिलो दिन सबैले आ–आफनै घरमा मीठो मसिनो जे छ, त्यही पकाएर, तुल्याएर खाने गरिन्छ भने दोस्रो दिन छोरीचेलीहरु माइतीहरुको दीर्घायु, सुख, शान्ति र सफल जीवन–यापनको कामना गर्न र आशिष दिन आफ्नो माइतीघर आउने प्रचलन छ । यस कार्यलाई कुलुङहरु ‘तोबूवा दोलम्’ भन्छन् भने तेस्रो दिन माइतीपक्ष पनि चेलीबेटीलाई उही रीतले आशिष दिन छोरीचेलीहरुको घर जाने गरिन्छ । यस कार्यलाई ‘तोबूवा पिलम्’ भनिन्छ । खासमा भन्ने हो भने, मुलुकी ऐन (विसं १९१०) ले वाधा नगरेसम्म खुल्ला रुपमै गोरु काटेर चाक्चाकुर मनाउने गरिन्थ्यो । दोस्रो दिन १६ गते नयाँ अन्न प्रयोग गर्ने र, १७ गते नयाँ अन्न÷भित्र्याउने÷भण्डारण गर्ने गरिन्छ । यो कार्यलाई नै कुलुङ भाषामा ‘मिनारी–दाचाम्’ भनिन्छ ।

हरेक जातजाति वा भनौं समुदायमा चाडबाड र पर्वहरुको सुरुवात कसरी भयो ? भन्नेबारेमा विभिन्न मिथक, किम्बदन्ती वा विश्वासहरु रहने गरेको छ । त्यस्तै कुलुङ समुदायमा पनि ‘मिनारी–दाचाम्’ चाड अर्थात् ‘चाक्चाकुर’ मनाउने सम्बन्धमा किम्बदन्ती र विश्वास रहेको छ । सो अनुसार कुलुङ समुदायका आदिम पूर्खामध्ये खार र दुम्दुलिमको दुई छोरी र एक छोरा खोक्चिलिप गरी तीन सन्तान थिए । तिनीहरु सानो छँदै खार र दुम्दुलिमलाई ललदूम (वनमान्छे) खायो । दिदीबहिनीले पनि भाइ खोक्चलीपलाई सानैमा छाडेर गए । खोक्चिलिप ठूलो भएपछि वेइलिम्मासँग विवाह गरे । एक दिन खोक्चिलीपले आफ्नी श्रीमती वेइलिम्मालाई आफ्नो दुई दिदीहरु प्नि भएको बताए ।

त्यसो हो भने दिदीहरुलाई खोजेर ल्याउन त भनी वेइलिम्माले भनेपछि खोक्चिलिप आफ्ना दिदीहरु खोज्न हिँडे । नभन्दै भाइ र दिदीहरुको भेट भयो । तर, दिदीहरुले भाइ मरीसकेको ठानेका थिए । यसरी अकस्मात भाइसँग भेट भएपछि दिदीहरु आश्चार्यमा पर्नुका साथै सानैमा भाइलाई छाडेर गएकोमा पश्चाताप पनि गरे । तापनि भाइको आग्रहमा भाइको घरमा गएर ‘नयाँ अन्न–बालीबाट बनेको–पाकेको मिठो÷मसिनो खाए, पिए, नाचगान गरेर रमाइलो गरे ।’ सोही दिनदेखि कुलुङ समुदायमा त्यस चाक्चाकुर मनाउन थालियो । तर, राज्यले कुलुङ समुदायलाई हालसम्म जाति नमानेकाले पुस १५, १६ र १७ मा पर्ने कुलुङ जातिको चाड÷उत्सव चाक्चाकुरको बारेमा दिनेको छैन । अर्को भनेको गुरुङ समुदायको ‘तमु ल्होसार’सँगसँगै पर्ने भएकोले पनि कुलुङ समुदायको चाक्चाकुर पर्व ओझेलमा परेको छ । त्यस्तै नेपाल सरकार र प्रदेश सरकारले समेत चाक्चाकुरको अवसरमा सरकारीस्तरमा सार्वसजिनक विदा दिने गरेको छैन । तापनि यस वर्ष कुलुङ समुदायको ऐतिहासिक भूमि रहेको महाकुलुङ गाउँपालिकाले भने स्थानीयस्तरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया

Loading…