इटहरी – तरहरा सडक एउटै मापदण्डमा, राइट अफ क्लीयर नगरिएकाेले सानाे ठुलाे देखिएकाे हाे : इन्जिनियर

इटहरी / इटहरीमा निर्माणाधीन रानी-तरहरा राजमार्ग मापदण्ड अनुसार निर्माण नभएको भन्दै लामो समय देखि विवाद चल्दै आएको छ। मापदण्ड अनुसार सबै भागमा ८२.५ फिट हुनु पर्नेमा इटहरी मुख्य चोकमा ६५ फिट मात्र बनाएको भन्दै विरोध भएको हो ।

नागरिक समाज, जन प्रतिनिधि र राजनैतिक दलबाट निरन्तर विरोध भए पछि रानी-धरान सडक आयोजनाले शुक्रवार पत्रकार सम्मेलन गरी प्रस्ट पारेको छ । आयोजित पत्रकार सम्मेलनमा आयोजनाका इन्जिनियर रमेशकुमार गोइतले इटहरी तरहरा सडकमा एउटै मापदण्ड प्रयोग भएको प्रस्ट पारेका हुन ।
गोइतले २०६७ सालमा बनेको डिपिआर अनुसार नै सडक निर्माण भएको दाबी गरे ।

उनले भने, ‘इटहरी चोक र तरहराको चौडाइमा कुनै घटिबढी छैन, मुख्यचाेक बाहेक तरहरा सम्म राइट अफ क्लियर गरिएकाले ठुलो र मुख्य चोकमा सडकलाई चाहिने भाग मात्र क्लियर गरिएका सानो देखिएको हो ।” इटहरी देखि तरहरा सम्म नै सडक भने समान बन्ने उनले बताए । सडक विभागले कुनै पनि बेला ५, ५ मिटर क्षेत्रमा  सडक ओगटेर बनाएका  घर खाली  गराउन सक्ने इन्जिनियर गार्तले बताएका छन् ।

अहिले नै २५, २५ मिटर खाली गराउँदा धेरैका घर भत्किने र आयोजनालाई असर पुग्ने भन्दै २०, २० मिटर सडक चौडा गरी काम सक्ने अायाेजित पत्रकार सम्मेलनमा बताएका छन् । उनका अनुसार तरहरा र इटहरीमा ४० मिटर फराकिलो नै सडक बन्ने छ । सडम निर्माणलाई पहिलो प्राथमिकतामा राखेकाले इटहरीमा तत्काल राइट अफ क्लियर गर्न नसकिएको उनले प्रष्ट पारे । ८२.५ फिट सडकको भाग भएकाले कुनै पनि समय मुख्य चोकमा पनि ८२.५ फिट कायम हुने उनले बताए । ६५ फिट भित्र पनि मापदण्ड अनुसारको सडक बन्ने भएकाले तत्काल ६५ फिटमा मात्र निर्माण थालिएको इन्जिनियर गोइतकाे भनाइ रहेको छ ।सबै स्थानमा समान मपदण्ड प्रयाेग भएकाले इटहरी मुख्य चाेकमा सडक सानाे भएकाे भ्रम नछर्न समेत उनले आग्रह गरे ।

 

 

Loading…

तपाईको प्रतिक्रिया