प्रधानमन्त्रीको ध्यान यता पनि पुग्ला ? प्रधानमन्त्री कार्यालय र मन्त्रालयको काम पनि छैन चुस्त

काठमान्डाैं / प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो स्वकीय सचिवालय तथा सल्लाहकार टीमसँग असन्तुष्ट भइरहेको अवस्थामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रशासनि संयन्त्र पनि सशक्त बन्न सकेको छैन । त्यस्तै, सरकारलाई सफल बनाउने मन्त्रालयको प्रशासनिक तथा सिंगो कर्मचारी संयन्त्रले पनि उच्च मनोबलका साथ दिलोज्यान दिएर काम नगरेको पाइएको छ ।

प्रधानमन्त्री कार्यालयको प्रशासनिक संयन्त्र शक्तिशाली र कामयावी हुनुपर्नेमा त्यस्तो हुन नसक्दा अन्य मन्त्रालयको प्रशासनिक संयन्त्र पनि आक्रामक रुपमा काम गर्न नसकेको प्रशासनविद्को तर्क छ । प्रधानमन्त्रीले आफ्नो स्वकीय सचिवालय तथा सल्लाहकार टीमले आक्रामक काम गर्न नसकेको भन्दै राजीनामा दिन सुझाइसकेका छन् । आजको राजधानी दैनिकमा खबर रहेकाे छ ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…