लाग्याे होमवर्कमा कर्फ्यू, रातको दश बजेभित्र सुत्नैपर्ने

काठमाडौँ / अहिलेको युगमा बच्चाको जिवन पनि कम्ता बोझिलो छैन । प्रतिस्पर्धाको जमानामा बालबालिकाको कमजोर काँचमा समेत जिम्मेवारी र अपेक्षाको अत्यधिक बोझ भिराइदिने गर्छन् अभिभावकहरुले ।

अरु भन्दा अगाडि बढ्नका लागि बालबालिकामाथि दबाब दिइन्छ । स्कुल होस् वा घर, पढाई लेखाईमा घोटाइरहने कुराले गर्दा बालबालिकालाई सास फेर्ने फुर्सद हुँदैन कि जस्तो हुन्छ । सायद बालबालिकामाथिको यहीँ अन्यायबाट क्रुद्ध भएर होला चीनमा एउटा अनौठो कानून लगाइएको छ । उक्त नयाँ कानूनलाई होमवर्क कर्फ्यू भन्ने गरिएको छ ।

जसअनुसार कुनै पनि अभिभावकले रातको दश बजे भित्रमा आफ्ना बच्चाबच्चीलाई अनिवार्य रुपमा सुताएको हुनुपर्नेछ । होमवर्क गर्न भन्दै १० बजेभन्दा पछाडिसम्म बच्चाबच्चीलाई अनिँदो राख्न पाइने छैन ।

चीनको झेजियाङ प्रान्तमा लागू भएको यो नियमले निकै ठूलो चर्चा पाएको छ । उक्त नियमानुसार बच्चाका लागि होमवर्क भन्दा महत्वपूर्ण पर्याप्त निद्रा हुन्छ ।नियम अनुसार रातमा १० बजे अगावै सुताउने मात्र होइन अबदेखि बाउआमाहरुले शनिवार तथा आइतबार बच्चाबच्चीलाई मज्जाले खेल्न तथा रमाइलो गर्न दिनुपर्नेछ । विदाको दिनमा पढ्न पठाउने वा घरमै पढाउने मान्छे बोलाउन पाइने छैन ।

प्राथमिक तहका विद्यार्थीका लागि सुत्ने समय रातको ९ बजे तय गरिएको छ । चाहे होमवर्क पूरा होस् कि नहोस् ९ बजे बच्चा सुतेकै हुनुपर्नेछ ।
सरकारको यस्तो नियमबाट सबै अभिभावक खुसी चाहीँ छैनन् । यसले बच्चाहरुलाई कमजोर बनाउने र पढाईलेखाई सुस्त हुने गुनासो उनीहरुको छ । सरकारको यस्तो नियमलाई होमवर्क कर्फ्यूको नाम दिएका छन् अभिभावकहरुले ।
एजेन्सी

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…