निवर्तमान सभामुख महराको डीएनए परीक्षण हुने

काठमाडौं / निवर्तमान सभामुख कृष्णबहादुर महराको डीएनए परीक्षण हुने भएको छ । महिला कर्मचारीमाथि जबरजस्तीकरणीको प्रयास गरेको अभियोग लागेका महराको डीएनए परीक्षणकाे तयारी गरिएकाे छ । घटनाको अनुसन्धानमा खटिएको काठमाडौं प्रहरी परिसर, टेकु र महानगरीय प्रहरी वृत्त, बानेश्वरले आरोप प्रमाणित गर्न डीएनए परीक्षण गर्ने तयारी गरेको हो ।

महरा दशैंका बेला गिरफ्तारका परेका थिए । महानगरीय प्रहरी वृत्त, सिंहदरबारको हिरासतमा राखिएका महरा अहिले नर्भिक अस्तपालको क्याबिनमा छन् । उच्च रक्तचापको समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…