करदाता कार्यलय ईटहरीमा चरम बेतिथि, समयमा सेवा पाउँदैनन् सेवाग्राही (भिडियो सहित)

इटहरी । सुनसरीको इटहरीमा रहेको करदाता कार्यलयमा चरम लापरवाही हुने गरेको पाईएको छ । कर कार्यलयमा सेवाग्राहीले सेवा पाउनुको सट्टा दिनप्रतिदिन हैरानी खेप्न बाध्य हुनुपरेको छ । आफ्नो आम्दानीबाट सरकारलाइ कर तिर्न आएकाहरू उल्टै हैरानी भोग्न बाध्य भएका छन् । कर्मचारीहरुको चरम लापरवाहीले सेवाग्राही दिन भर लाइन बस्न बाध्य हुनुपरेको छ । जनताले आफ्नो खुन र पसिना बगाएर कमाएको आम्दानीबाट कर तिर्न जाँदा पनि इटहरी कर कार्यलयको लापरवाहीका कारण सेवाग्राही मारमा परेका छन ।

सेवाग्राहीहरुको ब्यापक गुनासो पछि करदाता कार्यलय पुग्दा त्याँहा केही चरम लापरवाहीहरू समेत देखिएका छन । कार्यलयमा करिब एक घण्टा बस्दा समेत कर्मचारीहरु फेन खुल्लै छाडेर १.५ घण्टा सम्म गायब देखिए । सेवाग्राही पर्खेर बसेपनि उनीहरु आएनन् । करदाता कार्यलय इटहरीको दर्ता फाँटका कर्मचारीहरू दिउसो १.३० देखि २.३० सम्म गायव नै भए । सोवाग्रहिको लामो लाइन र अत्याधिक भिडभाड हुदा पनि सबै कर्मचारी एकाएक बाहिर गए । सबै कर्मचारी एकैचोटि बाहिर गएपछि सेवा प्रभावित भयो ।

सेवाग्राहीको काम नै प्रभावित हुने गरी कर्मचारीले कार्यलय छाडेर गएपछि किन यसतो भनेर बुझ्दा खाजा खाने समय भएकाले सबै गएका रहेछन् । छिटटै खाजा खाएर आएर कर्मचारीले काम गरिदेलान भनेर बसेका सेवाग्राही करिब दुइ घण्टा सम्म पनि कर्मचारी नआउदा उनीहरू आर्जित बनिसकेका थिए । भित्र कर्मचारी नभएर आर्जित बनेका सेवाग्राही नाराबाजी गर्ने कुरा गरीरहदा कर्मचारी भने बाहिर गफमा मस्त देखिन्थे । एक कर्मचारीलाइ खाजा खाने समय लामो भएन भनेर प्रश्न राख्दा हाकिलाइ सोध्नु पर्ने जवाफ फर्काए ।

 जेष्ठ नागरीक र गर्भवती महिला समेत घण्टौ लाईनमा बाध्य

इटहरी करदाता कार्यलय पुर्णरूपमा अव्यवस्थित समेत पाईएको छ । सेवाग्राही गर्मीले हपहप भइरहेको बेला भित्र कर्मचारीको क्याबिनमा भने २ ओटा पङ्खा खुल्ला रहेका थिए । सेवाग्राहीको धेरै भिड हुने र सबै भन्दा धेरै सुबिधा पाउनु पर्ने कार्यलयमा सवाग्रहीले सुबिधा नपाउदा आक्रोसित देखिन्थे । व्यवस्थित लाइनको समेत व्यबस्था नभएको कार्यलयमा जेष्ठ नागरीक र गर्भवति महिला समेत उभिन बाध्य थिए । जनताको करबाट तलब खाने राष्ट्रसेवक कर्मचारीले जनताको सेवालाइ ध्यानमा राखेर काम नगर्दा सवेमा प्रभावित बन्न पुगेको हो । लाइनलाइ व्यवस्थित र सहज बनाउन टोकन प्रणालिको बिकास गर्नु सेवाग्राहीले माग समेत राखेका छन् ।

खाजाको लागी १ घण्टा बढि लगाउछन् कर्मचारी

सो कार्यलयका कर्मचारीले खाजा खान एक घण्टा बढि लगाउने गरेका छन् । कार्यलयका कर्मचारी सेवा नै बन्द गरेर खाजा खान् जाने गरेका छन । सेवाग्राहीको बढि भिड हुने समयमा सेवा नै बन्द गर्दा सेवाग्राही आक्रोशित बनेका छन । हिजाे साेमबार पूर्वेलीकर्मी कर कार्यालय पुग्दा कर्मचारीहरू  खाजा खान १.३० देखी ३ बजे सम्म कार्यालयमा उपस्थित थिएनन् । खाली कुर्सीहरू तथा पछाडी पंखाहरू चलिरहेकाे अवस्था थियाे । डेड घण्टा सम्म ति २ वटा पंखाहरूले केबल खालि कुर्सीहरूलाइ हावा दिइरहेका देखिन्थे ।   यति धेरै अव्यवस्थित र बेथिति देखेपछि कार्यलयमा बारम्बार सम्पर्क गर्दा कार्यालयको फोन उठ्न सकेन । कार्यलयका तिनवटा नम्बरमा लगातार फोन गर्दा पनि कुनै नम्बरको फोन उठ्ेन । करिब ३ बजेर ५० को समयमा फोन गर्दा कार्यलयका ०२५५८१६५५, ०२५५८०२७७ र ०२५५८०२६० का फोन नउठेका हुन । बारमबार सम्पर्क गर्दा फोन नउठ्ने कार्यालयमा नागरीक बडा पत्र समेत सबैले देख्ने ठाँउमा राखिएको छैन् ।

के भन्छन कर कार्यलय इटहरीका अधिकृत

यस बिषयमा कर कार्यालय इटहरीका कर अधिकृत सुमन श्रेष्ठ संग कुरा गर्दा आज मात्र यस्तो भएको बताए । दशैको विदा पछि कामको चाप बढेको र नजिकैको पसल नखुलेको खाँजा खाँन टाडा सम्म पुग्नु पर्दा ढिलो भएको उनलेको भनाइ रहेको थियो । पंखा खुल्ला छोडेको विषयमा कर्मचारीको लपरवाही देखिएकोले आगामी दिनमा यो कुरालाइ सुधार गरेर लैजाने उनको भनाइ रहेको थियो ।

 

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…