निवर्तमान सभामुख महरालाई अस्पताल लगियाे

काठमाडौं / निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अस्पताल लगिएको छ । सोमबारदेखि हिरासतमा रहेका महराको स्वास्थ्यमा समस्या भएपछि अस्पताल पठाइएको हाे । महरालाई नर्भिक अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।

संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेका महरा हिरासतमा बिरामी भएपछि महराको उपचारका लागि एक जना चिकित्सक नै खटाइएको थियो । उच्च रक्तचापका विरामी महराको स्वासप्रश्वासमा पनि समस्या आएपछि अक्सिजनको समेत व्यवस्था गरिएको थियो । उनलाई सरकारी वकिल कार्यालयबाट अस्पताल लगिएको हो ।

तपाईको प्रतिक्रिया

Loading…