दशैकामा यातायात व्यवसायीले बढी भाडा लिएको भन्दै सर्वसाधारणले गरे गुनासो

धरान / दशैको मौका छापेर यातायात मजदुरहरुले यात्रुहरुलाई बढी भाडा असुल्ने गरेको पाइएको छ ।मंगलबार १०ः३५ बजे आ आफ्नो घरबाट साइतको टीका लगाएर आफ्ना आफन्त तथा मान्यजनहरुसंग टीक ग्रहण गर्न हिडेका यात्रुहरुका चापको फाइदा उठाउदै यसरी जथाभावि भाडा असुलेको यात्रुहरु नै गुनासो पोख्छन् । विशेष गरी पूर्वपश्चिम राजमार्ग भन्दा पनि कोशी राजमार्गको पहाडी क्षेत्रमा चल्ने सवारी साधन प्रयाप्त नभएकै कारण बसपार्कमा आएका ट्याक्सी, टेम्पो लगायतका सवारी साधनले मनपरी भाडा उठाउने गरेको गुनासो सर्वसाधाण यात्रुको छ । आफन्तकोमा टीका लगाउन तेह्रथुम हिड्नु भएका शेखर खतिवडाले चार घण्टा यात्रुवाहक बस कुरेर बस्दा पनि तेह्रथुमको बस नपाइएको बताउनुभयो । उहाले ट्याक्स रिजर्व गर्दा अरु बेला ५ देखि १० हजार लिने गरे पनि अहिले २५ हजार भन्दा कममा नजाने यातायात व्यवसायीले बताएको भन्दै चाडवाडको समयमा आवश्यक भन्दा भाडा असुल गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।

प्रवेश जस्तै अहिले कोशी राजमार्गको धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर जाने यात्रुहरुको अवस्था उही छ । घण्टौ बस पर्खिदा नआउने बल्ल बल्ल आएको बस पार्कमा पार्किङ्गमा लाग्ने वित्तिकै तछाड मछाड हुने गरेको छ । कोशी पहाडी क्षेत्रमा ८७ वटा बस सञ्चालनमा आएका छन् । बस कम भएको भन्दै केही समय अगाडि यातायात व्यवसायी, प्रहरीले समन्वय गरेर थप्ने भनिए पनि त्यो समेत नगरेका कारण अवस्था अहिल उस्तै छ । मोरङको लेटाङबाट तेह्रथुमको शुक्रबारे हिडनु भएका सुमन थापाले समेत घण्टौ बस पर्खिदा समेत बस नआएको गुनासो पोख्नुभयो । उहाले समेत रिजर्व गरेर जान खोज्दा मनपरी ढंगले भाडा दर बताउने गरेका बताउनुभयो । पर्याप्त बस नआएकै कारण ट्याक्सी र टेम्पोले समेत मनपरी भाडा असुलेका छन् ।

यस्तो मारमा बुढाबुढी, बृद्धा तथा महिलाहरु झन पीडित बनेका छन् । पूर्वको काकडभिट्टाबाट भोजपुर हिड्नु भएकी शान्ति कार्की बल्लतल्ला धरान त आइपुग्नुभयो धरानमा आएर अलपत्र पर्नुभएको छ । आफन्तको टीका लगाउन हिड्नुभएकी उहाले रिजर्व गरेर जान पनि नसक्ने दुई तीन घण्टा भन्दा बढी फर्खदा पनि बस नआएको भन्दै आक्रोसत बन्नुभयो ।यता जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी निरीक्षक अञ्जनकुमार कोइरालाले बढी भाडा असुल्ने, यात्रुलाई अलपत्र पारे्र छाडने ७ वटा भन्दा बढी यात्रुवाहक बसलाई कारबाही गरिसकिएका बताउनुभयो ।यता यात्रुको सहजतालाई ध्यानमा राखेर हेल्प डेक्स सञ्चालन गर्दै आएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका पदाधिकारीहरु भने प्रर्याप्त बस नभएकै कारण अन्यत्र भन्दा कोशी राजमार्गको पहाडी क्षेत्रमा जाने यात्रुहरुले सास्ती भोग्नुपरेको बताएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका एक नं. प्रदेश सचिव लक्ष्मी बानियाले पर्याप्त बस नभएकै कारण यात्रुल सास्ती भोग्न बाध्य भएको र यस सम्बन्धमा संगठन गम्भीर भएको बताउनुभयो ।

चाडवाडका समयमा यात्रुलाई सहजता दिने भनेर सरकार, यातायात व्यवायी, ट्राफिक प्रहरीले जति नै डंका पिट्ने गरे पनि वास्तमा त्यो हुन सकेको छैन । अरु बेला सहज रुपमा गन्तव्यमा पुग्न गरेका उनीहरु चाडपर्वका समयमा चारी हुन, लुटिने, यातायात मजदुरलाईबढी भाडा तिर्नुपर्ने, ट्राफिक अस्तव्यस्तका बाबजुद बसको छदमा बसेर यात्रा गर्नुपर्ने बाध्यता छ । यस तर्फ सम्बन्धित पक्षको ध्यान गएको देखिदैन ।

तपाईको प्रतिक्रिया

Loading…