दशैंको द्वादशी दशैंको टीका लगाउने क्रम जारी

काठमान्डाैं / दशमीदेखि पूर्णिमासम्म ६ दिन टिका लगाइने परम्परा भएको समुदायमा हिजो र अस्ति नभ्याएकाहरु आज आफन्तकोमा गएर टीका, जमरासहित आशिर्वाद लिने गर्छन् । यसैबीच दशैंको बिदामा घर गएकाहरु चाडवाड सकेर काममा फर्कने क्रम पनि शुरु भएको छ । दशैंको पूलपाती अघिसम्म काठमाण्डुलगायतका सहरबाट गाउँघरतिर जानेहरुको सट्टा अहिले शहरबजार आउने मोटर गाडीहरुमा मानिसको चाप बढ्न थालेको छ ।

तर हरेक वर्ष द्वादशी अर्थात् आजसम्म मात्रै दशैंको सरकारी बिदा हुने भएपनि यसपाली सरकारी कार्यालयहरु मङ्गलदेखि मात्रै खुल्ने छन् । दशैंको द्वादशी आज शुक्रबार परेको र आईतबार मुसलमानहरुको चाड ईदको सरकारी बिदा र सोमबार १३ गते कोजाग्रत परेकाले १४ गतेदेखि मात्रै सरकारी कार्यालयहरु खुल्ने भएका हुन् ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…