महराविरुद्ध रोशनी शाहीले दिइन् श्रीमानसँग गएर प्रहरीमा किटानी जाहेरी

काठमाडौँ / कृष्णबहादुर महराविरुद्ध रोशनी शाहीले प्रहरीमा किटानी जाहेरी दिएकी छन् । शाहीले महराले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर पुगेर किटानी जाहेरी दिएकी हुन् ।महराले आफुलाई बलात्कार गरेको भन्दै मिडियामा आएकी रोशनीले त्यसको भोली पल्टै बोली बदलेर होइन भन्दै खण्डन गरेकी थिइन् ।

उनले आफ्नो बोलीको खण्डन गरेको भएपनि धेरैले उनले दवावमा बोली फेरेको टिप्पणी गरेका थिए । तर अब भने उनले छि रोशनी आफ्ना श्रीमानसहित किटानी जाहेरी दर्ता गर्न प्रहरीकहाँ पुगेको बताइएको छ । बलात्कार आरोप लागेपछि महराले नेकपाको सुझावको आधारमा सोमबार सभामुख पदबाट राजीनामा दिएका थिए ।

महराले आफू रोशनीको कोठामा नगएको दाबी गरेपनि उनी रोशनीको कोठामा गएको पुष्टि भइसकेको छ ।शुक्रबार गृहमन्त्री रामबहादुर थापाले आईजीपी सर्वेन्द्र खनालसहितको बैठक बोलाएर थापाले अनुसन्धान प्रक्रियामा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् ।

तपाईको प्रतिक्रिया

Loading…