आजको राशिफल / २०७६ आश्विन १४ गते मङ्गलबार

वि.सं. २०७६ आश्विन १४ गते मङ्गलबार तदनुसार ई. सं. २०१९ अक्टोबर ०१ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, आजको चाडपर्व र उत्सव : नवरात्रअन्तर्गत चन्द्रघण्टा भगवतीको पूजा आराधना गर्ने दिन, आजको मूहुर्त : अग्निवास(होमादि), आश्विन शुक्लपक्ष (कौलाथ्व) तृतीया तिथि, साँझ ०६:०० बजेसम्म, त्यसपछि चतुर्थी तिथि, स्वाती नक्षत्र, बेलुका ०७:१२ बजेसम्म, त्यसपछि विशाखा नक्षत्र, चन्द्रमा तुला राशिमा (अहोरात्र व्याप्त), वैधृति योग, दिउँसो ०१:५० बजेसम्म, त्यसपछि विष्कुम्भ योग, सुरुमा तैतिल करण बिहान ०६:५२ बजेसम्म, त्यसपछि गर करण साँझ ०६:०० बजेसम्म, अन्तिममा वणिज करण, आनन्दादि योग : ध्वज, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : आग्नेय, वारशूल : उत्तर, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:५६ बजे, सूर्यास्त : साँझ ०५:४९ बजे,  दिनमान : २९ घडी ४३ पला (११ घण्टा ५३ मिनेट,  रात्रीमान : ३० घडी १७ पला (१२ घण्टा ०७ मिनेट)

आजका लागि अशुभ समय :–

राहु काल : दिउँसो ०२:५१ देखि ०४:२० सम्म, यमघण्ट : बिहान ०८:५४ देखि १०:२३ सम्म, गुलिक काल : दिउँसो ११:५२ देखि ०१:२१ सम्म, काल वारवेला : दिउँसो ०१:२१ देखि ०२:५१ सम्म, रोग वारवेला : बिहान ०५:५६ देखि ०७:२५ सम्म र साँझ ०४:२० देखि ०७:२० सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–

लाभ वारवेला : बिहान १०:२३ देखि ११:५२ सम्म,  आज यात्राका लागि पुरुषको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको तथा महिलाको नेतृत्वमा वायव्य (उत्तरपश्चिम) र ईशान (उत्तरपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा अमला वा सक्खर खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

भोलिको चाडपर्व र उत्सव :

नवरात्रअन्तर्गत कूष्माण्डा भगवतीको पूजा आराधना गर्ने दिन,  पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

आत्मबल र उत्साहमा बृद्धि हुने दिन छ । उचित समयमा गरिएको निर्णयले उम्किन लागेको काम बन्नेछ । आफन्तजनसँग आत्मीयता बढ्ने छ । झैझगडा र बहसमा विजयी बन्नु हुनेछ । आशा गरेअनुरूप सहयोगी जुट्ने छन् । गरेको प्रयासमा सफलता मिल्ने देखिन्छ । इष्टमित्रको सुझावलाई पालना गर्दा रोकिएका काम बन्नसक्छ । सुखद समाचारले अझ उत्साह बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । नयाँ मित्र बनाउन पाउँदा मन फुरुङ्ग हुनेछ, आत्मीय व्यक्तिसँग एकान्तमा रमाउन पाउनु हुनेछ । सवारी साधन प्राप्तिको योगसमेत छ ।

शुभरङ्ग : सुन्तले

शुभअङ्क : ३

शुभदिशा : पश्चिम

इष्टदेवता : विष्णुलक्ष्मी

अशुभ रङ्ग : पहेंलो

अशुभ अङ्क : २

अशुभ दिशा : दक्षिण

कार्यसिद्धि मन्त्र : ॐ शुं शुक्राय नमः

न्यूनतम जापसङ्ख्या : ११

के गर्ने : घरमा आवश्यक वस्तुको किनमेल

के नगर्ने : परिवारको बेवास्ता

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । मातृधन र पैत्रिक सम्पत्तिको उपयोगबाट सामान्य लाभ उठाउन सकिने छ । पशुधन र जमिनबाट पनि सामान्य फाइदा होला । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । पढाइमा समय दिन सकिंदैन, यद्यपि कुनै नौलो र नयाँ विषयवस्तुको ज्ञान लिने मौका छ । बन्दव्यापारमा सामान्यतया फाइदा नै हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्ने समय छ । छैटौं भावमा चन्द्रमा भएकाले शरीरमा आवेग, क्रोध र रिसराग उदय हुने वेला छ, त्यसैले कुनै पनि निर्णय गर्नुअघि मान्यजनको सुझाव र जान्नेबुझ्नेको राय ग्रहण गरेमा उपलब्धी हात पर्नेछ । तर हतारमा गरेको कामबाट घाटा हुन्छ ।

शुभरङ्ग : छिर्केमिर्के बुट्टे

शुभअङ्क : २

शुभदिशा : दक्षिण

इष्टदेवता : गणेश

अशुभ रङ्ग : सुन्तले/गुलाबी

अशुभ अङ्क : १

अशुभ दिशा : पूर्व

कार्यसिद्धि मन्त्र : ॐ बुं बुधाय नमः

न्यूनतम जापसङ्ख्या : ०८

के गर्ने : खानपानमा नियन्त्रण

के नगर्ने : आवेग, घमण्ड र क्रोध

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

आज समुदायको हितमा राम्रै काम गर्न सकिने छ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ । कीर्तिमानी काम गर्ने समय छ । प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले साथ दिनेछन् । आँटेका काम पनि सजिलै सम्पादन हुनेछन् । उद्योग तथा व्यापारमा विशेष फाइदा मिल्नेछ । आफन्त र सँगीसाथीको सहयोग र सद्भाव प्राप्त हुनाले नचिताएको काम बन्न सक्छ । आर्जित धनको दीर्घकालिक उपयोग हुनेछ । पुरानो समस्यालाई निराकरण गरी अघि बढ्ने हौसला प्राप्त हुनेछ । सन्तति र भाइबहिनीले खुसी तुल्याउने छन् । छात्रछात्राले पठनपाठन र ज्ञानगुनका क्षेत्रमा राम्रो उपलब्धी प्राप्त गर्ने दिन छ ।

शुभरङ्ग : गाढा हरियो

शुभअङ्क : ५

शुभदिशा : पूर्व

इष्टदेवता : सूर्यदेव

अशुभ रङ्ग : कालो

अशुभ अङ्क : ३

अशुभ दिशा : उत्तर

कार्यसिद्धि मन्त्र : ॐ घृणि सूर्याय नमः

न्यूनतम जापसङ्ख्या : ०७

के गर्ने : छोराछोरीको उन्नति/प्रगतिको जानकारी लिने

के नगर्ने : अल्छी र अकर्मण्यता

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

राशिस्वामी चन्द्रमाले चतुर्थ भावमा विचरण गरिरहेको हुँदा राम्रो समय छैन, बनिसकेको काम बिग्रन सक्छ, सचेत भई काम गर्नुपर्ने दिन छ । स्वास्थ्यमा कमजोरीको अनुभूति हुनसक्छ, तर कामधन्दा र जिम्मेवारीमा कमी आउने छैन । बाध्यतापूर्ण काममा समय बित्न सक्छ । काममा लगानीको समय छ । श्रमको मूल्य कमै मात्र पाइने देखिन्छ, त्यस्तै आशा देखाउनेहरूले धोका दिन सक्छन् । जान्नेबुझ्नेको सहयोग र सद्भाव पाउन गाह्रो हुन्छ, उता व्यावसायिक काममा खर्च बढ्ने र काम पूरा नहुनाले खिन्नता बढ्ने समय पनि छ । अतः होसियारीसाथ काम लिनुपर्ने समय छ । यद्यपि सेवामूलक कामबाट प्रतिष्ठा मिल्न सक्छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ ।

शुभरङ्ग : गाढा रातो

शुभअङ्क : ८

शुभदिशा : उत्तर

इष्टदेवता : शिवर्पावती

अशुभ रङ्ग : गाढा नीलो

अशुभ अङ्क : २

अशुभ दिशा : पश्चिम

कार्यसिद्धि मन्त्र : ॐ सों सोमाय नम

न्यूनतम जापसङ्ख्या : ११

के गर्ने : घरपरिवारका कुरालाई वेवास्ता नगर्ने

के नगर्ने : गोपनीयता भङ्ग

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

सामाजिक काम र परोपकारी कामबाट नाम, दाम र प्रतिष्ठा आर्जन गर्न सकिने राम्रो दिन छ । रोकिएका कामलाई पुनः सुरु गर्ने वातावरण मिल्नेछ । सहयोगीहरूले अप्रत्यासित ढंगले सहयोग गर्नेछन् । आर्जित धन सञ्चय गर्ने वा दीर्घकालिक प्रयोजनमा उपयोग हुनेछ । पुराना समस्या र कठिनाइलाई उचित कार्ययोजना र आत्मबलका कारण समाधान गरि छाडिने छ । प्राज्ञिक क्षमता बढ्ने छ । हक र अधिकारको संरक्षणको प्रयास हुनेछ । धैर्य एवं लगनशीलताले फाइदा दिलाउनेछ । रोकिएका काम पुनः प्रारम्भ गर्न सकिने छ । परिवारजनका आकाङ्क्षा पनि पूरा गर्न सकिने छ । पराक्रम भावको चन्द्रमाले दीर्घप्रयोजनको लाभमूलक काम बनाउन सक्ने समय छ ।

शुभरङ्ग : गाढा हरियो

शुभअङ्क : ७

शुभदिशा : पश्चिम

इष्टदेवता : हनुमान्

अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे

अशुभ अङ्क : १

अशुभ दिशा : दक्षिण

कार्यसिद्धि मन्त्र : ॐ ऋद्धिबुद्धिसहिताय श्रीमन्मङ्गलमूर्तये नमः

न्यूनतम जापसङ्ख्या : ०८

के गर्ने : बन्धुबान्धव र दाजुभाइका सल्लाह मान्ने

के नगर्ने : साथीभाइको बेवास्ता

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

केही खर्च लागे पनि सोचेको काम बन्नेछ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । परिवारजन र करकुटुम्बका बीचमा सुमधुर सम्बन्ध कायम हुनेछ । अनुकूल स्थानान्तरण र टाढाको यात्राको सम्भावना छ । प्रयत्न गर्दा मनग्ये फाइदा उठाउन सकिने दिन छ । विभिन्न अवसर प्राप्त हुनाले उत्साहित भइनेछ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । मनपर्ने भौतिक साधन जोड्ने समय छ । सुन्दर पहिरनमा ठाँटिएर व्यक्तित्व निखार्न सकिने छ । बोलीमा मिठास भरिएको दिन छ, महत्त्वपूर्ण ठाउँमा बोली बिक्नेछ । कुनै चिट्ठामूलक काम बन्ने समय पनि छ ।

शुभरङ्ग : सेतो वा उज्यालो

शुभअङ्क : ६

शुभदिशा : दक्षिण

इष्टदेवता : लक्ष्मी माता

अशुभ रङ्ग : पहेंलो

अशुभ अङ्क : ९

अशुभ दिशा : पूर्व

कार्यसिद्धि मन्त्र : ॐ धनप्रदाय कुबेराय नमः

न्यूनतम जापसङ्ख्या : ११

के गर्ने : अल्पकालिक प्रतिफल आउने काममा लगानी

के नगर्ने : बोलीवचनमा कडापन

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

आफ्नै राशिमा चन्द्रमाको उपस्थिति छ, हाँकेताकेका काम बन्ने समय हो । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । नयाँ ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने छ । स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । रोकिएका काम बन्नाले मनग्ये लाभ हुनेछ । द्वेष वा ईर्ष्या गर्नेहरूले हार खानेछन् । चुनौती पन्छाएर पनि काम बनाउन सकिने छ । सङ्घर्ष गरेरै अधिकार स्थापित गर्न सकिने समय छ ।

शुभरङ्ग : हलुका रातो

शुभअङ्क : ५

शुभदिशा : पूर्व

इष्टदेवता : गणेश

अशुभ रङ्ग : हरियो

अशुभ अङ्क : ८

अशुभ दिशा : उत्तर

कार्यसिद्धि मन्त्र : ॐ गं गणपतये नमः

न्यूनतम जापसङ्ख्या : १०

के गर्ने : मन उत्ताउलो नबनाउने

के नगर्ने : हतारमा निर्णय

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

बाह्रौं भावमा चन्द्रमा भए पनि लाभस्थानमा बसेको राशिस्वामी मङ्गलको शुभ प्रभाव रहेकाले अत्तालिई हाल्नु पर्ने परिस्थिति छैन । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । हरदम सचेत र सतर्क रहनु पर्छ, नत्र समयमा होस नपुग्नाले हुनै लागेको आम्दानीमा बाधा पुग्न सक्छ । शत्रु र प्रतिस्पर्धीको चलखेललाई सँगीसाथीको मद्दतले तोड्न सफल भइने छ । कडा मिहिनेत र परिश्रमका बलमा गरेको लगानीको उचित प्रतिफल प्राप्त हुनेछ । होसियारीसाथ काम लिनुपर्ने समय छ । गरी आएको कामलाई भने निरन्तरता दिन सकिने छ । आस मारेको काम सुझबुझ र लगनशीलताका कारण बनाउन सकिने छ । कुनै परीक्षा वा प्रतिस्पर्द्धामा भिड्दै हुनुहुन्छ भने आशावादी बन्ने समय छ ।

शुभरङ्ग : गाढा पहेंलो वा बुट्टे

शुभअङ्क : ८

शुभदिशा : उत्तर

इष्टदेवता : कालभैरव

अशुभ रङ्ग : हरियो/चम्किलो

अशुभ अङ्क : ७

अशुभ दिशा : पश्चिम

कार्यसिद्धि मन्त्र : ॐ कें केतवे नमः

न्यूनतम जापसङ्ख्या : १९

के गर्ने : दीर्घकालीन प्रतिफल आउने पक्षको लगानी

के नगर्ने : याचकको अपमान

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । मङ्गलमय कृत्य सम्पादन गर्ने समय छ । तीर्थाटनको अवसर प्राप्त हुनेछ । धेरैले तारिफ गर्नेछन् । कीर्तिमानी काम सम्पादन हुनसक्छ । प्रतिष्ठा कमाउने बेला छ । घरगृहस्थीमा केही समस्या आउने सम्भावना देखिन्छ । परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ । राशिस्वामी बृहस्पति बाह्रौं भावमा रहेको तथा राशिमा नै शनिश्चर र केतु रहेकाले महत्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । माताको सहयोग र मातृधनकै उपयोगबाट लाभ उठाउन सकिने छ ।

शुभरङ्ग : सेतो वा सुन्तले

शुभअङ्क : ७

शुभदिशा : पश्चिम

इष्टदेवता : शिवजी

अशुभ रङ्ग : घिउरङ्ग/बैजनी

अशुभ अङ्क : ६

अशुभ दिशा : दक्षिण

कार्यसिद्धि मन्त्र : ॐ नमः शिवाय

न्यूनतम जापसङ्ख्या : २३

के गर्ने : रचनात्मकता र सिर्जनात्मकतामा जोड दिने

के नगर्ने : अनावश्यक नियन्त्रण र निर्देशन

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सन्तान पक्षबाट सहयोग प्राप्त हुनेछ ।  सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन् । आस मारेको फल पुनः प्राप्त हुनसक्छ । गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ । प्रतिस्पर्धी परास्त होलान् । सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने छ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । कर्मक्षेत्रमा चन्द्रमा रहेकाले कुनै नयाँ व्यवसाय वा व्यापारका लागि योजना बनाउने समय हो ।

शुभरङ्ग : नीलो

शुभअङ्क : ६

शुभदिशा : दक्षिण

इष्टदेवता : भोलेशङ्कर

अशुभ रङ्ग : कलेजी

अशुभ अङ्क : ५

अशुभ दिशा : पूर्व

कार्यसिद्धि मन्त्र : ॐ शं शनैश्चराय नमः

न्यूनतम जापसङ्ख्या : २३

के गर्ने : श्रमसाध्य र मिहिनेत गर्नुपर्ने काममा बलप्रयोग नगर्ने

के नगर्ने : उदासीनता/नैराश्यता

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

भाग्यमा बलियो चन्द्रमाको उपस्थिति भएको राम्रो दिन छ, आज । हाँकेका र ताकेका काम सजिलै सम्पन्न हुनेछन् । प्रतिष्ठा कमाउने बेला छ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । मङ्गलमय कृत्य सम्पादन गर्ने समय छ । तीर्थाटनको अवसर प्राप्त हुनेछ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । आज अस्पतालमा रहेका रोगीजनको सेवा गरेमा कुनै रोकिएको काम बन्नसक्ने समय छ । तपाईंका क्रियाकलापको धेरैले तारिफ गर्नेछन् । कीर्तिमानी काम सम्पन्न हुनेछ ।

शुभरङ्ग : बैजनी वा पहेंलो

शुभअङ्क : १

शुभदिशा : पूर्व

इष्टदेवता : विष्णु

अशुभ रङ्ग : चम्किलो/उज्यालो

अशुभ अङ्क : ४

अशुभ दिशा : उत्तर

कार्यसिद्धि मन्त्र : ॐ नमो भगवते वासुदेवाय

न्यूनतम जापसङ्ख्या : १९

के गर्ने : कुलधर्म र परम्पराको अनुसरण

के नगर्ने : बृद्धबृद्धा र असहायको बेवास्ता

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

अष्टमस्थ चन्द्रमा रहेकाले काममा अनावश्यक प्रतिस्पर्धा गर्नुपर्ला । प्रतिद्वन्द्वीहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला । चुनौती सामना गर्नुपर्ला । लेनदेनको कारणले विवाद आउने सम्भावना छ । विपरीत लिङ्गीहरूबाट पनि सजग रहनुहोला । आर्थिक रूपमा पनि नोक्सानी हुनसक्छ । कामबाट समुचित मूल्याङ्कन प्राप्त हुँदैन । परिवारजनसँगको आत्मीयतामा कमी आउने छ । प्रेमसम्बन्ध र मित्रताको बन्धन खुकुलो बन्न सक्छ । प्रयत्न गरेको काम समयमा सिद्ध्याउन सकिंदैन । इच्छाशक्ति जागे पनि चाहना पूर्ण हुनेछैनन् । यात्राको योग छ, तर बाटो काट्दा वा सवारी हाँक्दा सचेत हुनुपर्छ ।

शुभरङ्ग : ध्वाँसे

शुभअङ्क : ४

शुभदिशा : उत्तर

इष्टदेवता : सङ्कटा देवी

अशुभ रङ्ग : हरियो

अशुभ अङ्क : ३

अशुभ दिशा : पश्चिम

कार्यसिद्धि मन्त्र : ॐ सङ्कटाभगवत्यै नमः

न्यूनतम जापसङ्ख्या : १०

के गर्ने : नैराश्यभाव त्याग गर्ने

के नगर्ने : तीव्रगति र हडबड

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

ज्योर्तिबिद तथा बास्तुविद कोइराला पिण्डेश्वर बिद्यापिठ धरानमा सहप्राध्यापक हुनुहुन्छ । उहाँ पूर्वेली न्जुजका स्तम्भकार समेत हुनुहुन्छ ।

कृष्ण प्रसाद काेइरालाबाट थप

आजको  राशिफल / २०७६ कार्तिक ०२ गते शनिबार

आजको  राशिफल / २०७६ कार्तिक ०१ गते शुक्रबार

आजको राशिफल / वि.सं. २०७६ आश्विन ३० गते बिहीबार

यस्ताे छ कार्तिक महिनाकाे मासिक राशिफल

आजको  राशिफल / २०७६ आश्विन २९ गते बुधबार

आजको  राशिफल / वि.सं. २०७६ आश्विन २८ गते मङ्गलबार

आजको  राशिफल / २०७६ आश्विन २७ गते सोमबार

आजको राशिफल / २०७६ आश्विन २६ गते आइतबार

आजको  राशिफल / २०७६ आश्विन २५ गते शनिबार

आजको राशिफल / २०७६ आश्विन २४ गते शुक्रबार

तपाईको प्रतिक्रिया

Loading…