विप्लब समुहका भोजपुर सेक्रेटरी विष्ट पक्राउ

भोजपुर / नेत्रविक्रम चन्द विप्लव समुहका भोजपुर जिल्ला सेक्रेटरी बमबहादुर विष्‍टलाई प्रहरीले पक्राउ गरेको छ। विष्टलाई आज दिउँसो १ बजे भोजपुर नगरपालिका–१० भैसिपंखास्थित गजुरमुखी भीर नजिकको जंगलबाट हतियार सहित पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी खतिवडाका अनुसार विष्‍टको साथबाट छ राउण्ड र चार राउण्ड गोली भरिएको इटालीयन अटोमेटिक पेस्तोल दुई थान, ह्याण्ड ग्रिनेट एक थान बरामद भएको छ । त्यस्तै विष्टको साथबाट १२ ओटा सिमकार्ड सहित दुई ओटा मोवाईल, चन्दाको माग गर्दै लेखिएका पत्र र पार्टीका पर्चाहरु पनि प्रहरीले फेला पारेको उहाँले जानकारी दिनुभयो ।

विष्टलाई प्रहरी हिरासतमा राखि अनुसन्धान भइरहेको प्रजिअ खतिवडाले बताउनुभयो । भोजपुरको टेम्केमैयुङ–५ चोलन्ती घर भएका विष्टलाई गोप्य सुचनाको आधारमा गजुरमुखी भीर नजिकको जंगलबाट पक्राउ गर्न सफल भएको उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

Loading…