नायिका केकी अधिकारी सवार गाडी दुर्घटना

रौतहट / काठमाडौबाट गीतको छायाँकन गर्न आएको बस दुर्घटनाग्रस्त भएको छ । छायाँकनको लागि हिडेको बा २० च ५४१० नम्बरको स्कोर्पियो आज बिहान रौतहटको कटहरिया १ मा दुर्घटना भएकाे हाे । बसमा फिल्म निर्देशका पुर्नेन्दु झा, नायिका केकी अधिकारी, नेपाली मोडेल रचना शिवाकोटी ,फिल्म छायाँकार आलोक सुक्ला, कलाकार विजय यादव निर्बिज, चालक सुजन पोखरेल सवार रहेका थिए । दुर्घटनामा उनिहरू समान्य घाइते भएका बताइएकाे छ । सामान्य उपचार पछि उनिहरू अहिले रेस्टमा रहेका छन् ।

सामाजिक सचेतना जगाउने गीत ‘घुङटामे कबले तु रहबु अधिकार अपन माङ हे बहुरिया’ लगायत ४ वटा बजिक्का भाषाका सचेतना गितको छायाँकनका लागि उनीहरु त्यहाँ पुगेका थिए । गीतको छायाँकन भोलिदेखि ४ दिनसम्म कटहरिया, मौलापुर, फतुवा बिजयपुर लगायतका नगरक्षेत्रका विभिन्न स्थानमा हुने जनाइएको छ । बालबिवाह, दाइजो प्रथा, छोरीलाई छोरासरह पढाउने जस्ता चेतनका निर्माण गर्न लागिएको सो गीतको निर्माणका लागि प्रदेश २ का नेकपा अध्यक्ष तथा संघीय सांसद प्रभु साहको लगानी रहेको छ फिल्म निर्देशक पुर्नेन्दु झाले बताए ।

तपाईको प्रतिक्रिया

Loading…