इटहरी स्थित पाथीभरा एडभरटाईजिङले पायाे प्रोफेसनल एचिभमेन्ट अर्वाड २०१९

इटहरी / इटहरीमा प्रमुख कार्यालय रहेको पाथीभरा एड्भरटाईजिङ इन्टरनेशनल प्रोफेसनल एचिभमेन्ट अर्वाड २०१९ प्राप्त गर्ने नेपालकै पहिलो विज्ञापन एजेन्सी भएको छ । विज्ञापन एजेन्सी संघ (आन)का प्रदेश नम्बर १ संयोजक समेत रहेका इटहरी निवासी पाथीभराका संचालक पवन अधिकारीले दुवईमा आयोजित भए भब्य एक कार्यक्रमका बीचमा नेपालकै पहिलो एजेन्सीको रुपमा सो अवार्ड प्राप्त गरेका हुन् ।

नेपाली समय अनुसार सुक्रवार राती मध्यान्न १२ बजे दुवईको एभरेष्ट क्लबमा आयोजित एक भब्य कार्यक्रममा उनले नेपाल सरकारका कृषी मन्त्री चक्रपाणी खनालको हातबाट सो अन्तराष्ट्रिय अर्वाड प्राप्त गरेका हुन् । पहिलो अवार्ड वितरण कार्यक्रममा अधिकारीले उत्कृष्ठ विज्ञापन एजेन्सीका रुपमा सो अवार्ड प्राप्त गरेका हुन् ।

सिजन मिडिया र पत्रकार महासंघ दुवइ शाखाद्धारा संयुक्त रुपमा आयोजना गरिएको सो अवार्ड वितरण कार्यक्रममा अधिकारीसंगै रातोपाटी डटकमका ओम शर्मा, पत्रकारहरु खिला भण्डारी,कृष्ण आर्चाय र सुरेश अधिकारीले पनि प्राप्त गरेका छन् । अवार्ड प्राप्त गरेपछि कुरा गर्दै अधिकारीले भने ‘पहिलो पटक नेपालका विज्ञापन एजेन्सीहरुबाट आफ्नो एजेन्सीलाई उत्कृष्ठ ठहराई मलाई अवार्ड दिएकोमा आभार व्यक्त गर्दछु । यो अवार्डले आफुलाई विज्ञापनको क्षेत्रका निरन्तर लागि पर्न थप उर्जा प्रदान गरेको छ ।’

इटहरी निवासी अधिकारीले पछिल्लो समय विज्ञापन एजेन्सीसंगै वेरोजगार र रोजगार दाताहरुको बीच सम्न्वयकारी भूमिका निर्वाह गरि स्वदेशमै रोजगार सृजना गराउने उद्धेश्यले पाथीभरा जव लिंक समेत संचालनमा ल्याएका छन् । समाजिक सेवा समेत लागि परेका उनि अन्य व्यवसायमा समेत लगानी गर्ने योजनामा छन् ।

तपाईको प्रतिक्रिया

Loading…