देउवाको बोलीप्रति राष्ट्रपति भण्डारीको व्यंग्य

काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले एक कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवालाइ व्यंग्य गरेकि छन् । गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा देउवाले सरकारविरुद्ध कडा आक्रोश पोख्दा राष्ट्रपति भण्डारीले आफूले नबुझेको भन्दै व्यंग्यपूर्ण प्रतिक्रिया दिएकी थिइन् ।

राष्ट्रपति भण्डारीले भनिन् ‘यो मञ्चमा वक्ताले बोलेको केही नबुझिने रहेछ, नेताहरूले जोसले बोल्नुभयो, ताली पनि बज्यो, के बोल्नुभयो भन्ने बुझिएन । कान राम्रो सुनिएन कि ?’ राष्ट्रपतिले देउवाको अभिव्यक्तिप्रति लक्षित गर्दै भनिन्, ‘अब मिडियाबाट थाहा पाइएला ।’ त्यसअघि देउवाले प्रतिपक्षसँग छलफलै नगरी संविधानविपरीतका प्रावधान राखेर विधेयकहरू ल्याएको भन्दै आक्रोश पोखेका थिए ।

तपाईको प्रतिक्रिया

Loading…