चल्लालाई मेहन्दी लगाएर बिक्रीगर्ने २ जना पक्राउ

काठमाडौँ / कालो मेहन्दी लगाएर ब्वायलर कुखुराका चल्लालाई बेच्ने २ जना भारतीय नगरिक पक्राउ परेका छन् । ब्वायलरको चल्लामा मेहन्दी दलेर स्थानीय जातको चल्ला भन्दै बेचिरहेका उनीहरूलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख हेमबहादुर शाहीका अनुसार सेतो चल्लालाई मेहन्दी लगाएर कालो बनाउँदै गरेको अवस्थामा भारत रामपुरका मोहम्मद नाजिर र सरिफ अली पक्राउ परेका हुन् ।

उनका अनुसार कालो मेहन्दी लगाउँदै गरेका र लगाइसकेकासहित करिब एक सयजति चल्ला बरामद गरिएको छ । पक्राउ परेका दुवै प्रहरीको हिरासतमा छन् ।

तपाईको प्रतिक्रिया

Loading…