पिसाव लाग्यो भन्ने बाहना बनाई गाडी रोक्न लगाएर गोली प्रहार

काठमाडौं । अमिलीया तुलसीपुर सडक खण्डको भन्ज्याङमा गोली चलेको छ । ४ जनाको समहूमा रहेका भारतीय नागरिकले रुपैडिया निबासी ३० वर्षिय कार चालक मेरजअलि शाहमाथि दुई राउण्ड गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

सो समहुले युपी ४० एडी ९११ नम्बरको कार चालक शाहमाथि गोली प्रहार गरेको ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक खिमबहादुर घर्तीले जानकारी दिए । ‘हामी घटना स्थलमा पुगेर हे(यौ,’ प्रहरी निरीक्षक घर्तीले भने ‘एउटा खोका र अर्को नपड्केको गोली भेटिएको छ ।’ सो समुहले तुलसीपुर र घोराहीमा पैसा उठाउने काम छ भन्दै ७ हजार ४ सय रुपैयाँमा गाडी भाडामा लिएर हिँडेको थियो ।

जब उनीहरु भन्ज्याङमा पुगे पिसाब लाग्यो भन्दै गाडी रोके र चालकलाई कुटपीट गर्दै खौलामा लगेर गोली हाने । चालकले भागेर ज्यान बचाएको प्रहरीले बताएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले भारतको नाकपुर निबासी महमद जावेदलाई नियन्त्रणम लिएको छ । पक्राउ परेकाले भारतकै टाईगर भन्नेले गोली हानेको बताएका छन् ।

सो समुहले चालकसंग भएको १५ हजार, एक थान मोबाईल सेट, औठी लुटेर लगेको प्रहरीले बताएको छ । धेरै पैसा भएर वा पुरानो रिसीइबीका कारण मार्ने उद्देश्यले पनि गोली हानेको हुनसक्ने प्रहरीले बताएको छ । अन्य तीन जना भने फरार रहेका छन् । त्यस मध्ये एक जना नेपाली रहेको प्रहरीले जनाएको छ ।
अाजकाे राजधानी दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया

Loading…