सीसी क्यामेराको निगरानीमा मोरङका राजमार्ग

मोरङ । मोरङमा पर्ने राजमार्गमा ५८ वटा सीसी क्यामेरा जडान गरिएको छ । प्रदेश १ सरकारको १ करोड १४ लाख रुपैयाँ बजेटमा ५८ वटा क्यामेरा जडान गरिएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार सीसी क्यामेराकालागि मोरङमा ६० किलोमिटर फाइबर बिछ्याइएको छ । प्रहरीले विराटनगर महानगरपालिको सिमावर्ती क्षेत्र रानीदेखि–ढाटसम्म ३२ वटा, पूर्व पश्चिम राजमार्गको इटहरी पूर्व बुढीखोला चोकदेखि भाउन्ने चोकसम्म १३ वटा र पथरी बजारदेखि उर्लाबारी बजारसम्म १३ वटा सीसी क्यामेरा जडान गरेको छ ।

६० किलोमिटर क्षेत्रमा बिछ्याइएको ६ ‘कोर’ तार मध्ये सीसी क्यामेराका लागि २ कोर प्रयोग भएको छ । बाँकी चार कोरमा फेस डिटेक्सन क्यामेरा, राडर गन र ट्राफिक लाइट जडान गर्न सकिने छ । प्रहरीले प्रयोग गरेका क्यामेराको स्टोरेज जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय बेलबारी र इलाका प्रहरी कार्यालय पथरीमा राखिएको छ । अधिकारीका अनुसार विराटनगर महानगरपालिका भित्र र अन्य क्षेत्रमा गरी प्रहरीले १५४ सीसी क्यामेराबाट निगरानी गरिरहेको छ ।

प्रदेश १ को शान्ति सुरक्षा मजबुद बनाउन सुरक्षा सम्यन्त्रलाई प्रविधि मैत्री बनाउने मुख्यमन्त्री शेरधन राईले बताएका छन् । प्रदेश सरकारको सहयोगमा मोरङमा जडान गरिएको सीसी क्यामेरा सोमबार प्रहरीलाई हस्तान्त्रण गर्दै हस्तान्त्रण गर्दै उनले सम्यन्त्रलाई प्रविधिको प्रयोग गरी मजबुद बनाउन प्रदेश सरकार लागि परेको बताएका हुन् ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…