चाडपर्व नजिकिदै गर्दा मुर्तिकारहरुलाई भ्याइ नभ्याइ

राजविराज / प्रत्येक वर्ष कन्या संक्रान्तिको दिन मनाउने विश्वकर्मा पूजाका लागि भगवान विश्वकर्माको मुर्ति बनाउन सप्तरीका मुर्तिकारहरुलाई भ्याइ नभ्याइ भएको छ । हिन्दु धर्मावलम्विहरूले कात्र्तिक १ गतेका दिन विश्वकर्माको मुर्ति स्थापना गरेर पूजाआजा गर्ने चलन रहिआएकोले यहाँका मुर्तिकारहरुलाई मुर्ति बनाउन भ्याइ नभ्याइ भएको हो ।

हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहका विनोदकुमार कापैरले दर्जनौं मुत्र्ति निर्माण गरेपनि बजारको माग भने पुरा हुन सकेको छैन् । सुरुमा माग गरिएअनुसार चार जना सहयोगी राखेर कापैरले ३ हजार ५ सयदेखि १५ हजार रुपैयाँसम्मको मुर्ति तयार गरेपनि अझै माग बढ्दो रहेकोले थप मुर्ति बनाउन भ्यान नभ्याई भएको उनी बताउँछन् ।

दुई महिनाअघिदेखि नै निर्माण कार्यमा जुटेपनि यतिवेला भने दिनरात काम गरिहेकोले गत वर्षभन्दा बढी कारोवार मुर्तिकार कापैरको अनुमान छ । कापैरले यसबाहेक पनि गाउँ गाउँमा पुगेर चाडपर्व लक्षित मुर्ति बनाएर परिवार चलाउदै आएको कापैरको भनाई छ । पृथक कलाकारिताका कारण बिनोदले बनाउने मूर्तिको माग अन्यको तुलनामा बढी छ । बिनोदले बनाउने मूर्तिमा बंगाली कलाकारिताको प्रभाव छ । दस पन्ध्र बर्ष अघिसम्म सप्तरीमा बगांली कलाकारहरु एक दुई महिना सप्तरीमा बसेर माग अनुसारको मुर्ति बनाएर फर्किन्थे । तिनै मध्येका तापस पाल भन्ने मुर्तिकारसगँ बिनोदले यो कलाकारीता सिकेका थिए ।

यो समयमा मुर्तिको धेरै माग आएपनि बर्षको बाँकी समयमा त्यति आम्दानी नहुने उनी बताउँछन् । यो बाहेक अरु कुनै सीप नभएकाले आम्दानीका लागि अन्य पेशा अपनाउन नसकिने उनको बाध्यता छ । सरकारले सहुलियत ब्याजमा ऋण र सामानको बजारीकरणमा सहयोग गरे कलाकारहरुको जीवन सहज हुने उनको बुझाइ छ ।

सप्तरी जिल्लाको तोपा, कञ्चनरुप, रुपनी, हनुमान नगर, भारदह, कल्याणपुर र सदरमुकाम तेतरीगाछी, राजविराज, रुपनी मोड लगायतका स्थानमा विश्वकमाको मुर्ति बन्ने गर्दछ ।

तपाईको प्रतिक्रिया

Loading…