सल्लेरी र शिखर सगरमाथा सुनचाँदी इण्डष्ट्रिजबाट ठगिएका बचतकर्ताहरुले गरे पत्रकार सम्मेलन, कांग्रेस नेतासमेतको मिलेमतोमा ठगी भएको आरोप

धरान / सहकारीले रकम हिनामिना गरेपछि आक्रोसित बचतकर्ताहरुले रकम डुबाउनेलाई कारबाहीसहित बचत गरेको रकम फिर्ता गर्न माग गरेका छन् । धरानको सल्लेरी बचत तथा ऋणसहकारी संस्था र शिखर सगरमाथा सुनचाँदी इण्डष्ट्रिज प्रा.लि.बाट ठगिएका बचतकर्ताहरुले पत्रकार सम्मेलनकै आयोजना गरेर यस्तो माग गरेका हुन् ।

सल्लेरी सहकारीसस्थाका अध्यक्ष तथा सल्लेरी बचत तथा ऋण सहकारी संस्था र शिखर सगरमाथा सुनचाँदी इष्ड्रष्ट्रिज प्रालिका अध्यक्ष कृष्णबहादुर विकले बचतकर्ताहरुलाई ठग्ने नियतले योजनावद्ध ढंगले पार्टीका केन्द्रीय स्तरका नेतासंग मिलीभगत गरी रकम हिनामिना गरी फरार भएको उनीहरुको आरोप छ ।

उनीहरुले डुबेको रकम फिर्ताका लागिे लागि पहल गर्न संघर्ष समिति समेत गठन गरेको बताएकाछन् । उनीहरुले सर्वसाधारण बचतकर्ताहरुले बचत गरेको कुल ८ करोड २३ लाख रुपैया ठिगी गरेको बताएका छन् । ठगी काण्डमा नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य सांसद मिन विश्वकर्माको पनि मिलेमतो भएको आरोप लगाउदै कृष्ण विकलाई मात्र प्रक्राउ गरी छानविन शुरु गरेको भए पनि सांसद विश्वकर्माको विषयमा प्रहरी प्रशासनले कुनै छानविन नगरेको आरोप उनीहरुको छ ।

प्रहरीले सल्लेरीका अध्यक्ष बिक, उनका छोरा तथा प्रबन्धक मोहन दर्नालसहित सञ्चालक समितिलाई विपक्षी बनाएर अदालतमा मुद्दा दायर गरिसकेको छ । अदालतले अध्यक्षलाई पुर्पक्षमा थुनामा पठाएको छ भने अन्यलाई २ लाख धरौटी मागेको थियो । पीडितमध्ये रविन साही ठकुरीले नियतबस रकम हिनामिना गरेकोल बचतकर्ताको रकम चाडो फिर्ता गर्नुपर्न माग गर्नुभयो ।

उहाले सबै निकायको ढोका ढकढकाए पनि न्याय पाउन नसकिएको बताउदै अहिले आफूहरु मार्कामा परेको बताउनुभयो । सर्वसाधारणमाथि खेलबार्ड गर्नेमाथि कडा कारबाहीको पीडितहरुले माग गरेका छन् । गत असार अन्तिम देखि सहकारीका संचालक विश्वकर्मा फरार रहेका थिए । उनलाई साउन २९ गते बुटबलबाट प्रहरीले पक्राउ गरेको थियो । विश्वकर्माले पुर्व वाणिज्यमन्त्री विश्वकर्माको आडमा रकम हिनामिना गरेको आरोप लागेको छ । विश्वकर्माले २ करोड ७ लाख रुपैया सहकारीको खातामा इन्ट्री गरेर बाकी ७ करोड १६ लाख रुपैया अवैधानिक रुपमा आफ्नै शिखर सगरमाथा सुनचाँदी ईण्डष्ट्रिज प्रालिमा लगानी गरेको उनीहरुको आरोप छ ।

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका सिनियर सह सम्पादक हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

आइपास नेपालद्वारा प्रदेशका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री प्रदान

धरान स्थित बीपी प्रतिष्ठानबाट १८ काेराेना संक्रमित निको भएर घर फर्के

धरानमा एक यूवकद्वारा ब्लेडले आफ्नै घाटी रेटेर आत्महत्या प्रयास

बीपी प्रतिष्ठानको लापारबाहीको पराकाष्ठा : झापा कचनकवजका २७ काेराेना संक्रमितलाई प्रतिष्ठानले भर्ना लिन मानेन, संक्रमित रातभर गेट बाहिरै

धरान स्थित विजयपुरमा झडप हुदा तीन जना घाइते

धरानमा १५ बर्षीय नाबालिकालाई विवाह गर्छु भन्दै बलात्कार गरेको आरोपमा ठटाल प्रक्राउ

धरानमा एक जनामा कोरोना संक्रमण भेटियो, शिबधारा क्षेत्र सिल गरिदै

धरानमा लुकाई राखेको हतियार सहित एक प्रक्राउ

कोरोनाको जोखिमलाई मध्यनजर गर्दै भेडेटारमा कडाइ

धरानमा यसरी मनाइयाे २५६४ औ बुद्ध जयन्ती

तपाईको प्रतिक्रिया

Loading…