ज्ञानेन्द्र शाहीलाई प्रहरीले हिरासतमा राख्यो

काठमाडौं / अभद्र व्यवहार गरेको भन्दै प्रहरीले ज्ञानेन्द्र शाहीलाई हिरासतमा लिएको छ । नेपालगञ्ज विमानस्थलमा शनिबार भएको अभद्र व्यवहार बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा शाहीमाथि एक समूहले हातपात गरेपछि सुरक्षाको कारण देखाउँदै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

तर, प्रहरीले उनलाई अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धान गर्नुपर्ने भन्दै आइतबार साँझ पक्राउ पुर्जी थमाएको छ । पक्राउ पुर्जी दिँदै उनलाई ललितपुर प्रहरीले हिरासतमा राखेको छ ।

तपाईको प्रतिक्रिया

Loading…