सुन्दरहररैचामा थारू परिकार बनाउने तालिम तथा प्रदर्शनी

नाेबेल मिस्टर एण्ड मिस थारू आइकन सिजन - २ का प्रशिक्षार्थीहरूले बनाए बिभन्न थार परिकार

माेरङ / सुन्दरहरैचामा थारू जातीका विभिन्न परिकारहरूकाे प्रदर्शनी गरिएकाे छ । नाेबेल मिस्टर एण्ड मिस थारू आइकन सिजन – २ काे बन्द प्रशिक्षण अन्तरगतकाे १३ औँ दिन सुन्दरहरैचाकाे जेसिस हलमा थारु फूड प्रिपरेशन तालिम सम्पन्न भएकाे हाे । ३२ जना प्रशिक्षार्थीहरूले थारू परिकारहरू भक्का, बगिया, घाेङ्गी, झुन्ना, सिद्राहा र मासुकाे परिकारहर बनाएका थिए । पार्वती गच्छदार, कल्पना विश्वास र विपत विश्वासले प्रशिक्षार्थीहरूलाइ थारू परिकारहरू बनाउने सिप सिकाएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैचाका मेयर शिव प्रसाद ढकालले गमलामा पानी हालेर कार्यक्रमकाे उत्घाटन गरेका थिए । साथे उनले थारू परिकार बगियाकाे स्वाद चाख्दै थारू भाषामा १५ मिनेटकाे मन्तव्य दिएका थिए ।

उनले भने ‘थारू जातीकाे भेषभुसा, संस्कृती, परम्परा र खानपान ज्यादै खाम्राे छ । म पनि थारू समुदायमै हुर्किएकाे व्यक्ती हाे । मेरा पनि धेरै थारू साथीहरू छन् । थारूहरू साेझाे र इमान्दार हुन्छन् । थारू समुदायमा अर्काकाे संस्कृती अपनाउने चलन हावी भयाे जसले गर्दा थारूहरूकाे आफ्नो संस्कृती लाेप हुँदै गइरहेकाे छ । आज थारू जातीकाे कला र संस्कृती सम्बन्धी यस्ताे कार्यक्रम भएकाे देख्न पाँउदा र याे कार्यक्रममा सहभागी हुन पाँउदा ज्यादै खुसी लागेकाे छ । थारू जातीकाे संस्कृती संरक्षण गर्नमा सुन्दरहरैचा नगरपालिका कटिबद्ध भएर लाग्छ । थारू जातीकाे चाैतर्फी विकास गर्न मेराे तर्फ बाट अलिकती पनि कन्जुस्याइ गर्दिन’

उनले थार भाषा यति लामाे अनि स्पष्ट बाेलेकाे देख्दा त्याहा उपस्थीत सबै चकित थिए । उनले भने नाेबेल मिस्टर एण्रड मिस थारू आइकनकाे पहिलाे सिजनकाे फाइनलमा मनि गएकाे थए र देस्राे कार्यक्रममा पनि आफु सहभागि हुने बताए ।

त्यसैगरि कार्यक्रमको मुख्य प्रायोजक रहेको नोबेल मेडिकल कलेजका प्रबन्ध निर्देशक इन्दिरा शर्मा बरालले थारु समाजले अब शिक्षा स्वास्थ्य जस्ता क्षेत्रमा पनि नेतृत्व गर्न र परम्परागत घोघी मारेर मात्र नबसी देश, जनता र आफ्नो समुदायलाइ उच्च स्तरमा पुर्याउन पनि थारु समाज अघि बढ्नुपर्ने कुरा समेत जानकारी गराउनु भयो । हरेक क्षेत्रमा बिपन्न, गरिबीलाई स्वस्थ्यको क्षेत्रमा सहयोग गर्दै आएको नोबेल मेडिकले यो कार्यक्रमलाई समेत महत्त्वपूर्ण योगदान दिएको छ । समाजप्रति उतरदायित्व बहन गर्ने उद्धेश्यले प्रतियोगिलाई अगामी असोज ४ गते शनिबार मोरङको डागिहाटमा नोबेल मेडिकल कलेजको सहकार्यमा र थारु कला केन्द्रको आयोजनामा हुने नि:शुल्क स्वास्थ्य शिविर सहभागी गराईनेछ भने इच्छुक ब्यक्तिले आफ्नो नि:शुल्क स्वास्थ्य परिक्षण समेत गर्न सक्नेछ । नोबेल मेडिकल कलेजले थारु समाजलाइ बिशेष छुट र सहयोगका साथ स्वास्थ्य क्षेत्रमा बिशेष पहल गर्ने कुरा नोबेल मेडिकल कलेजकी संचालिका इन्दिरा शर्मा बरालले जनाउनुभयो ।

त्यसैगरी थारू कल्याणकारी सभा माेरङ का अध्यक्ष प्रदिप भगतले थारू जाति प्रकृती प्रेमि रहेकाे र यही प्रकृतीमा पाइने घाेङी, माछा, झुन्ना र गंगेटा खाएर हाम्रा पुर्खाहरूले मलेरीया जस्था विभिन्न प्रण घातक राेकहरू पचाएकाे उल्लेख गरे । थारू समुदायले भक्का, बगिया, चिछाैरी भात, सिद्राहा, सुक्ठी जस्ता परिकारहरू खाएर जिविकाे पार्जन गर्ने गरेकाे कुरा समेत स्मरण गराए । थारू समुदायमा हाल यी परिकारू लाेप हुँदै गइरहेकाे अवस्थामा थारू कला केन्द्रले यस्ता खाले कार्यक्रम गरेर थारू जातिकाे संस्कृतीकाे संरक्षण र संबर्धन गरेकाेमा खुसी व्यक्त गरे । साथै उनले यी परिकारहर बनाउने कला अबकाे भावि पस्थामा पनि हस्तान्तरण गर्नु पर्नेमा जाेड दिए । जसरी अहिले भक्क सम्पुर्ण नेपालीहरूमा लाेक प्रिय बन्दै गएकाे छ थारू जातिका अन्य परिकारहरू लाइ पनि व्यावसायीकारण गरेर आयआर्जनकाे बाटाे खुलाउन सक्ने उनले बताए ।

थारू ममुदाय पछिल्लाे समय विभिन्न राेगहरूले ग्रसित हुँदै गएकाेले थारू जातिकाे माैलिक तथा परम्परागत खानपानमा ध्यान दिन अनुराेध गर्दै थारू मसुदायलाइ धेरै माया गर्ने नाेबेल मेडिकलाइ आर्थिक अवस्था कमजाेर रहेकाे गरिब थारू विरामीहरूलाइ उपचारमा सहयाेग गर्न समेत आग्रह गरे ।

कार्यक्रममा थारू कला केन्द्रकी काेषाअध्यक्ष, इमेज अवार्ड द्वारा सम्मानित थारू भाषाकी चर्चित गाइका सुनिरा चाैधरीले उपस्थीत सम्पुर्ण अतिथिहरू लाइ सम्बाेधन गर्दै सुमधुर स्वरमा थारू भाषामा स्वागत गीत गाएर स्वागत गरेका थिए । त्यस्तै थारू कल्याणकारी सभा माेरङ का जिल्ला सचिव जागेश्वार विश्वास, थारू महिला संघकी अध्यक्ष जयमला चाैधरी, इन्द्रपुर जेसिसकी उपाध्यक्ष तथा थारूकला केन्द्रकी सक्रिय सदस्य पार्वती गच्छदार, थारू कला केन्द्रकी प्रमुख सल्लाहाकार, महिला अभियन्ता तथा समाजसेवी सुची चाैधरी, थारू कल्याणकारी सभा माेरङ का अध्यक्ष प्रदिप भगत, सुन्दरहरैचा नगरपालिका वडा नं. ४ का वडाअध्यक्ष शैलेन्द्र श्रेष्ठ, नेबेल मेडिकल कलेजकी प्रवन्ध निर्देशक इन्दिरा शर्मा बराल र सुन्दरहरैचा नगरपालिकाका नगर प्रमुख तथा उक्त कार्यक्रमका प्रमुख अतिथि शिव प्रासाद ढकालले नाेबेल मिस्टर एण्ड मिस थारू आइकन सिजन – २ काे सफलताकाे लागि शुभकामना मन्तव्य दिएका थिए ।

त्यसै गरी नाेबेल मिस्टर एण्ड मिस थारू आइकनको उद्देश्य र यसकाे महत्वकाे बारेमा बाेल्दै थारू कार्यक्रमका सभापति, कला केन्द्रका अध्यक्ष, सुमधुर स्वारका धनि तथा थारू समुदायका लाेकप्रिय गायक देवकृष्ण विश्वासले कार्यक्रमकाे समापन गरेकाे थिए ।

तपाईको प्रतिक्रिया

Loading…