धरानमा प्रदेश स्तरीय अण्डर १४ फुटबल प्रतियोगिता

धरान / फुटबल खेललाई व्यवसायिक बनाउदै राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले शुरु गरिएको प्रशिक्षणसंगै यसपटक देखि १४ बर्ष मुनिका खेलाडीहरु समावेश गरेर प्रदेश स्तरीय फुटबल प्रतियोगिताको आयोजना गरिने भएको छ । प्रदेश नं. १ मा रहेका गाउपालिका, नगरपालिका, उपमहानगरपालका र महानगरपालिकाभित्र फुटबल खेलको प्रत्यक्ष गतिविधि र प्रतिभावान खेलाडी उत्पादन गर्न पहिलो पटक प्रदेश स्तरीय अण्डर १४ फुटबल प्रतियोगिताको आयोजना गरिएको धरान फुटबल क्लबका महासचिव प्रताप तामाङले बताउनुभयो ।

एन्फा एकाडेमी सञ्चालन समिति धरान १७ को आयोजनामा भाद्र २७ देखि असोज ३ गतेसम्म हुन लागेको प्रतियोगितामा एन्फा एकाडेमी धरान, विराटनगर फुटबल एकाडेमी, एम्ब्रीइ एकाडेमी मोरङ, महेन्द्र फुटबल एकाडेमी दुहवी, मेची नेत्रालय झापा, राष्ट्रिय जागृति क्लब फुटबल एकाडेमी इटहरी लगायत १० टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियागितामा विजय हुने टिमलाई ५० हजार, दोस्रा टिमलाई २५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने भएको छ । यस्तै सर्वोत्कृष्ट खेलाड ५ हजार, उत्कृष्ट डिफेन्डर , उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट फरवार्डलाई जनही ३÷३ हजार नगद र प्रतियोगिताको म्यान अफ म्याद १० हजार र उत्कृष्ट कोचलाई ५ हजार नगद प्रदान गरिने भएको छ । ८ लाख लागत लाग्ने बताइएको सो प्रतियोगितामा विराटनगर महानगरपालिका, दुहवी नगरपालिका, लेटाङ नगर्पालिका, इनरुवा नगरपालिका, धरान उपहानगरपालिका, रामधुनी नगरपालिका , एन्फा र प्रदेश सरकारबाट सहयोग आउने प्रतियोगिताका संयाजक किशोर राईले बताउनुभयो ।

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका धरान सहकर्मी हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

बराह बचत तथा ऋण सहकारी संस्थाको १० औ बार्षिक साधारणसभा सम्पन्न

धरानमा प्रदेश स्तरीय अण्डर १४ फुटबल प्रतियोगिता

धरानमा लागू औषधसहित तीन जना पक्राउ

फुस्रेको पूरानो साख फर्काउदै ‘बीपी पार्क’ ( १५ तस्विरहरू)

धरानमा जुवा खेलिरहेको ३ लाख नगदसहित ९ जना पक्राउ

१४ वर्षीया किशोरीलाई होटलको कोठामा बन्धक बनाएर ‘८ दिनसम्म वलात्कार’

धरानका बालबालिकाहरूले यसरी सम्झिए स्व. मेयर सुब्बालाई (तस्विरहरू सहित)

धरानमा मोटरसाइकल चोर पक्राउ

धरानमा सुन टल्काइदिन्छु भन्दैे सुन ठगी गर्ने दुई भारतीय प्रक्राउ

बुटवल तथा धरानमा एन्फा एकाडेमीमा प्रशिक्षण शुरु, नेपाल अधिराज्यभरिबाट ५२ जना छनौट

तपाईको प्रतिक्रिया

Loading…