क्यान माेरङकाे अध्यक्षमा यादव

इटहरी / कम्प्युटर एसोशिएन महासंघ नेपाल (क्यान) माेरङको दाेश्राे साधारणसभा तथा जिल्ला अधिवेशनले राजेन्द्र यादव अध्यक्ष रहेको नयाँ कार्यसमिति चयन गरेको छ । भेडेटार स्थित हाेटल म्याजिस्टिकमा शुक्रबार सम्पन्न सम्पन्न उक्त अधिवेशनबाट यादवकाे अध्यक्षतामा उक्त समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा प्रभिन कुण्डालिया, सचिवमा शाैरभ गाेल्छा, सहसचिवमा अजिप चापागाइ र कोषाध्यक्षमा पंकज गुलगुलिया चयन भएका हुन् । त्यस्तै सदस्यहरूमा सुमित शाह र स्वप्निल कार्की नर्वाचित भएका छन् ।

अधिवेशनले निवर्तमान जिल्ला अध्यक्ष राजेन्द्र यादव, शाैरभ गाेल्छा र सुमित शाहलाई संघीय तथा प्रदेश प्रतिनिधि चयन गरेको छ । कार्यक्रमका प्रमुख अतिथी एवं क्यान महासंघका केन्द्रीय सदस्य ठाकुर श्रेष्ठले क्यानले तीनै तहका सरकारसंग सहकार्य गर्नुपर्नेमा जाेड दिएका छन् । श्रेष्ठले प्रविधिलाई सुरक्षित, भरपर्दो र विश्वसनीय बनाउन क्यानमा आवद्ध सदस्यहरुको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिएका थिए । सभालाई बिशेष अतिथी देब कुमार शुब्बा,पूर्व केन्द्रिय सदस्य राम रार्इ, प्रदेश उपाध्यक्ष भूपेन्द्र मैनाली, प्रदेश सचिव भबकृष्ण तिमल्सिना लगायतहरूकाे उपस्थिती रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया

Loading…