एशिया कप–नेपालले टस जित्यो

काठमाडौँ / श्रीलङ्कामा जारी एसिसी यू–१९ एशिया कप क्रिकेट प्रतियोगितामा घरेलु टोलीविरुद्वको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । श्रीलङ्काको आर प्रेमादशा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा नेपालले आयोजक श्रीलङ्का विरुद्वको खेलमा जीत निकाल्ने आशासहित मैदानमा उत्रेको छ । तर, नेपालले श्रीलङ्कालाई अहिलेसम्म हराउन सकेको छैन ।

पछिल्ला पाँच खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको छ । सन् २०१६ मा श्रीलङ्कामा नै भएको यू–१९ एशिया कपमा नेपाल आयोजक श्रीलङ्कासँग एक रनले पराजित भएको थियो ।
नेपालको प्लेइङ सेटमा रोहित पौडेल, रसिद खान, भीम सार्की, कुशल मल्ल, सागर ढकाल, आरिफ शेख, कमल सिंह ऐरी, रीत गौतम, पवन सरार्फ, सूर्य तामाङ र हरिबहादुर चौहान रहेका छन् ।

तपाईको प्रतिक्रिया

Loading…