कुलुङ पूर्खा ‘धनमूख’ र ‘चालीम’

नेपालमा हालसम्म आपूmलाई किराती भनी गर्व गर्ने जातिहरुमध्ये कुलुङ पनि एक हो । केन्द्रीय तथ्यांक विभाग (केतवि) ले विसं २०६८ मा गरेको ११ औं जनगणनाअनुसार कुलुङ जातिको जनसंख्या २८ हजार ६ सय १३ रहेको छ भने, कुलुङ मातृभाषीको संख्या भने ३३ हजार १ सय ७० रहेको छ । यो लेखमा कुलुङ जाति र कुलुङ जातिका विभिन्न पूर्खामध्ये ‘धनमूख’ र कुलुङ जातिले मनाउने चाड ‘चालीम’को बारेमा केही लेख्ने प्रयास गरिएको छ । कुलुङ जातिमा प्रचलनमा रहेको लोक कथाअनुसार आदिम कालमा किरात कुलुङ जातिहरुको पूर्खा धनमूख महाकुलुङमा बस्दथे । उनी निकै शक्तिशाली थिए । उनले पाँच पाथीसम्मको पिठोको ढिडो खाएर कटुसको रुख उखालेर ल्याउन सक्थे । धनमूख कुन शताब्दीका पूर्खा थिए भन्नेबारे यकिन प्रमाण नभेटिए तापनि नेपाल किरात कुलुङ भाषामा संस्कृति उत्थान संघद्वारा कुलुङ भाषामा प्रकाशित “कुलुङ वंशावली २०५४” अनुसार उनी आजभन्दा २६ पुस्ता पहिले कुलुङ जातिको थीम्रा पाछा (थर) भित्रका कुलुङ पूर्खा थिए ।

कुलुङ जातिमा रहेको विश्वास अनुसार, आप्mना पूर्खा धनमूखको पालामा एकसाल महाकुलुङ क्षेत्रमा ठूलो खडेरी प¥यो । विभिन्न देवी–देवता र सिमे–भूमेको पूजाआजा गर्दा पनि पानी नपरेपछि सारा वन–जंगल, खोलानाला, अन्न–बाली, झारपात आदि सुकेर गयो । अनिकालले मानिसहरु मर्न थाले । बाँचेका मानिसहरु समेत अब अनिकालले मरिने भयो भन्दै शोक मनाउन थाले । यस्तैमा एकदिन धनमूखले गाउँभरिका शक्तिशाली साँढे (गोरु) हरु भेला पारी सबैभन्दा शक्तिशाली साँढेलाई छानेर जुरोमा टोकेर बिरालोले मुसो मारे झैं गरी मारे । यसरी धनमूखले भेला पारेका गाउँभरिका शक्तिशाली साँढेहरुमध्ये पनि शक्तिशाली साँढेलाई जुरोमा टोकेर मार्ने क्रममा सो साँढे (गोरु) पूरै गाउँ थर्किने÷हल्लिने ग्वाँ … गर्दै करायो । यसरी ग्वाँ … गर्दै साँढे (गोरु) कराउने बित्तिकै आकाशमा बादल गर्जेको सुनियो । त्यसपछि गाउँभरिका मानिसहरु विशेष चासोका साथ भेला भए । तर, त्यतिञ्जेलसम्ममा साँढे (गोरु) मरिसकेको थियो ।

संयोगले या भनौं दैवी शक्तिले, त्यसदिन गाउँमा मूसलधारे पानी प¥यो । त्यसपछि सारा वन–जंगलमा हरियाली छायो, खोलानालामा पानी भरियो, अन्न–बाली सप्रियो, झारपात आदि पलाए । त्यसपछि गाउँभरिका कुलुङहरु आफूसँग भएको अन्न (मकै, कोदो, चामल, आदि) लिएर आई धनमूखले मारेको साँढे (गोरु) को मासुसँग भोज खाए । त्यस दिनदेखि धनमूखलाई बोलाउने÷सम्बोधन गर्ने नाम (दप्प–नीङ) धेरै खाने मात्रै नभएर विधाता वा भनौं भगवानलाई समेत कुत–कुत्याउन सक्ने भनी कुलुङ भाषामा “निनाम्मा यासाम्मा चाप्दूलू यूप्लूमा” राखियो ।

त्यसपछि पानी परेर बालीनाली सप्रियो, हावाले लहलहाउँदै हल्लायो । अन्तमा पाक्यो । त्यसैले सो बेलादेखि बालीनाली लहलह हल्लिने पारामा आप्mनो शरीरलाई ढल्काउँदै÷हल्लिदै सारा गाउँका मानिसहरु नाच्न थाले । त्यसरी नाचेको दिनलाई कुलुङ भाषामा “चालीम” भनिन्छ । यो उत्सव ३÷४ दिनसम्म मनाइयो र अन्तमा तोस कूइम (भूमे पूजा) गरी खुशियाली मनाइयो । आजकाल सबै ठाऊँका कुलुङहरुले यो चाड मनाउँदैनन् । तर, यो चाड महाकुलुङ लगायत बाक्लो रुपमा कुलुङ वस्ती रहेको ठाऊँमा मात्रै चालीम मनाउने गरिन्छ । तोसको उत्सव भने प्रायः सबै ठाऊँमा मनाउने गरिन्छ । जस्तै थो तोस, गुुमेल तोस, याउ तोस (तोस सील), येनाम तोस गरी वर्षमा चारपटक तोस मनाउने गरिन्छ ।

नेपालको भगौलिक एकीकरणसँगै गोरु काट्न कानुनी रुपमै प्रतिवन्ध लगाइनुका साथै दशैं तिहार जस्तो हिन्दु चाड जबरजस्ती अनिवार्य मनाउनु पर्ने बाध्यताका कारण कुलुङ जातिले मान्दै आएको “चालीम” उत्सव ओझेलमा पर्दै गयो । अन्तमा हाल आएर लगभग लोप हुन लाग्यो । यसरी चालीम मनाएर खाईने खाने कुरोलाई कुलुङ भाषामा “वाक्पूम्” भनिन्छ ।

तर, अभैm पनि “चालीम” उत्सव मनाउनका लागि महाकुलुङका गाउँ÷वस्तीमा चालीम पर्वको २÷४ दिन अगाडि नै प्रत्येक घरबाट एक–एक ट्वाक (माना) मकै उठाइन्छ । मकै उठाउँदा कसैसँग गोरुको छाला छ भने सो पनि दिइन्छ । चालीमका दिन गोरुको छाला र मकै मिसाए पकाएर खाँदै चालीम उत्सव मनाइन्छ । यसरी पकाएको ‘वाक्पुम्’ गाउँभरिको मानिसहरुले खाएमा गाउँमा सहकाल हुन्छ, कहिल्यै अनिकाल लाग्दैन भन्ने मान्यताका कारण परदेश गएका आफन्तहरुलाई समेत ‘वाक्पुम्’ सुकाएर राखिदिने चलन छ । यसरी चालीम मनाउने साझा ठाउँलाई कुलुङ भाषामा “चालीम–खम” भनिन्छ ।

चालीम–खममा गोरु काट्न नपाउने प्रतिवन्ध (विसं १८३१) पछि कुनै एक मानिसले गोरु कराए झैं गरेर “पार है …” भन्दै जोडले कराएर भाँडामा राखिएको पानीमा स्याउला भिजाएर पानी परे झैं छरिन्छ । यसरी चालीम उत्सवको उद्घाटन गर्ने व्यक्तिले “पार है …” भनेर कराएपछि गाउँभरिका मानिसहरु पानी लिएर घरबाट निस्की “पार है …” भन्दै कराउँछन् । यो उत्सव ३÷४ दिनसम्म मनाइन्छ भने तोस अन्तिम दिनमा मनाइन्छ । हाल आएर चालीम पर्वको अवसरमा काठमाण्डौं लगायत देशको विभिन्न भागमा पनि नाच्ने गरिन्छ ।

तपाईको प्रतिक्रिया

Loading…