रेसम चौधरीकाे रिहाईकाे माग गर्दै बिराटनगरमा मनाइयाे बिद्रोह दिवस

मोरङ / ‘थारुवानको राजनैतिक अधिकारमा साझा अभियान, आत्मनिर्णयको अधिकार सहित स्वायत प्रदेश निर्माण’ भन्ने नाराका साथ थारु कल्याणकारी सभा तथा थरुहट / थारुवान संयुक्त संघर्ष समिती मोरङले शनिवार बिराटनगरमा बिद्रोह दिवस मनाएका छन । थारू कल्याणकारी सभा (थाकास) मोरङको सभा हलमा संचालन भएको कार्यक्रममा २०७२ साल भदौ ७ गते भएको टिकापुरको घटनालाई स्मरण गर्दै र सांसद रेसम चौधरीको रिहाईको माग गर्दै बिद्रोह दिवस मनाएको हो ।

सो अवसरमा मोरङ कल्याणकारी सभाको भवनमा उल्लेखनीय सहयोग गरेका कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य अमनलाल मोदिले राजनीति दलहरुले थारुको माग मुद्दाको सम्बोधन नगरेको बताउनुभयो। आज थारु कल्याणकारी सभाले देशका बिभिन्न ठाँउमा बिद्रोह दिवस मनाउदै छ्न भने अर्को तर्फ कैलाली टिकापुरमा थरुहट थारुवान राष्ट्रिय सम्मेलन गरिरहेको छ। टिकापुरका आरोपिहरु अहिले राजबन्दी जिवन बिताईरहेका छन। अहिले थारु दुई गुटमा बिभाजन भएर कार्यक्रम गरिरहेको छ। यसको लागी जेष्ठ संस्था थारु कल्याणकारी सभाले सबैलाई एक जुट गराउन महत्व भुमिका निर्वाह खेल्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा वक्ताहरुले आ-आफ्नो धारणा राख्दै थरुहट थारुवान संघर्ष समितिका किशोर बिश्वासले थारुवान संघर्ष समितिको मागलाई प्रदेशको सिमाङ्गकन उतर दक्षिण होइन पुर्व पच्चिम गरि सिमाङ्गको माग रहेको हुदा थारुको अधिकार कुण्ठित गरेको आरोप लगाउनु भयो। । आफ्नो भाषा,तापक्रम, भौगोलिकसंग मेल खाने प्रदेश बनाउनु पर्नेमा प्रदेश १ लाई पहाड र हिमाल सँग जोडेर थारुलाई स्थानिय, प्रदेश र केन्द्र तहमा पहुँच नपुगोस भनेर दमन गर्न खोजेको बताउनु भयो। बिश्वासले अहिले थारुलाई ४ भागमा बिभाजन गरेको पुष्पकमल दहाल, माधव नेपाल, शुसिल कोइराला, कमल थापा, बबुराम भट्टराई हुन। हामी पार्टी बनाउन नलागेको हामी हाम्रो अस्तित्व जोगाउन आन्दोलनमा लागेको। अहिले थारुको पहिचान अस्तित्व संकटको अबस्थामा पुगेको छ। अहिले ५० लाख थारु संकटमा पर्दैछन। संसदमा हाम्रो मान्छे छैन अहिले ३३ दलिय मोर्चा बनायो, पुष्पकमल दहालले, थारुले के पायो। टिकापुर घटना भएको ४ वर्ष भैसकेको छ। कार्यकारी अधिकार आयोगलाई नभएको र थारु आयोग केवल सिफारिस आयोग भएको , थरुहट थारुवान आन्दोलन प्राप्त नभएको भन्दै आजको एक महिना पछि असोज ३ गते कालो संबिधानको दिवसको रुपमा मनाउने समेत आग्रह गरेका छन।

पुर्व डिआईजी तथा थाकस सल्लाहकार भक्ती माझीले उक्त कार्यक्रममा थारुहरु राजनैतिक, आर्थिक, समाजिक बिकासतिर अगाडी बढे पनि थारुलाई राज्यले मानसिकरुपमा हेला गरेको र निर्णयको अधिकार, अर्थतन्त्रमा पहुँच हुन दिन सकेको छैन , हामीले पाउने अधिकार के हो यसमा थारु कल्याणकारीको महत्त्वपुर्ण भुमिका खेल्नु पर्ने बताए।

रेसम चौधरीलाई लगाएको आरोपको आममाफी दिदै रिहाईको माग गर्दै बिद्रोह दिवस मनाउएका हुन भने प्रदेश नं. १ का प्रतिनिधि सभा सदस्य बिजय चौधरीले पार्टी प्रतिनिधि भन्दा पनि थारु भएको नाताले सहभागी भएको कार्यक्रममा सतापक्षको सांसद भएको नाताले यो थरुहट थारुवान संघर्ष समितिमा आटाउन सक्छु कि सक्दिन भन्ने मनसायले सहभागी भएको र आफुले आज बोल्नु भन्दा सबैको कुरा सुन्न आएको भन्दै रेसम चौधरीलाई राष्ट्रिय आम माफी दिएर रिहाइको लागी नेकपाका सबै थारु सांसद एक भएको बताउनु भयो।

हौली परिवार सुनसरी मोरङका अध्यक्ष श्रवण सुतिहारले २०७२ साल देखी भएको थरुहट थारुवान संघर्ष समितिले गरेको आन्दोलन उपलब्धि के हो भन्दै थारुहरु २ वटा प्लेट फर्ममा रहेर आन्दोलन सुरु गरेको छ। थारु आन्दोलनबाट केके अधिकार प्राप्त भयो र भएन , संबिधानले दिएको अधिकार कति सुनिश्चित भयो टिप्पणी गर्नुभयो।

त्यसैगरी बुढिगंगा गाउँपालिका अध्यक्ष बालचन्द्र माझीले सदियौ देखी हामी माथी राज्यले शासन गरिरहेको छ, हाल नेपाल बहुदलीय ब्यबस्थामा गईसकेको अवस्थामा हरेक पार्टीको प्रतिनिधिमा थारु हुन आवस्यक रहेको बताउदै रेसम चौधरी मात्र होइन अन्य ठाउँमा समेत थारु माथी झुठा मुद्दा लगाएर शोषण, दमन गरिरहेको बताउनुभयो। शिक्षक भिम राजबंशीले रेसम चौधरीलाई अस्पतालको शैयामा भेट्दा हतकडी लगाएर उपचार गरेको थियो, राज्यले थारुलाई दबाएको छ, यो बिद्रोह दिवस कालो दिवसको रुपमा मनाउनुपर्छ भन्दै आन्दोलनलाई समर्थन गरेका छन ।

,
प्रतिनिधि सभा सदस्य अमनलाल मोदी, प्रदेश सभा सदस्य बिजय बिश्वास, थरुहट, थारुवान संघर्ष समितीका किशोर बिश्वास, केन्द्रीय सल्लाहकार भक्तिनाथ माझी, थारु कानुनी ब्यबसायी संघ मोरङ अध्यक्ष मधुसुदन चौधरी, व्यावसायिकर्मी बिजय चौधरी , बुढिगंगा गाउँपालिका प्रमुख बालचन्द्र माझी, महिला अभियन्ता प्रमिला गच्छदार लगायतको उपस्थिति रहेको थियो। थाकस मोरङ जिल्ला सदस्य सुकदेव चौधरी निधनप्रती दु:ख ब्यक्त गर्दै ज्ञात आज्ञात सहिद प्रति मौन धारण कार्यक्रम गर्दै मोरङ थाकसका अध्यक्ष प्रदिप भगतको अध्यक्षतामा संचालन भएको थियो। कार्यक्रममा आमन्त्रित अतिथिहरुलाई स्वागत गर्दै थाकस मोरङ अध्यक्षले राज्य अहिले के गरि रहेको छ, थारु कल्याणकारी सभा के गर्दै छ त ? हाल रेसम चौधरी लगायत ११ जना जेल बन्दी जिवन बिताईरहेको छ, अहिले सम्म थारु आन्दोलन जारी रहेको भन्दै थारुको माग मुद्दा प्राप्तिको लागि सबै एकजुट हुन आवश्यक रहेको बताउनु भयो।

तपाईको प्रतिक्रिया

Loading…