सुन्दरहरैंचा राधाकृष्ण रथयात्रामा जे देखियाे… ( १९ तस्विरहरू)

सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा स्थित विराटचोकमा श्री राधाकृष्ण रथयात्रा समारोह समितिकाे अायाेजनामा धार्मिक विधिपुर्वक हर्षाेउल्लास मय वातावरणमा रथयात्रा महाेत्वस भव्य रुपमा सम्पन्न भएको छ ।

श्री कृष्ण जन्माष्टमीको एतिहासिक अवसर संगै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले साे रथयात्रा समाराेहकाे उद्घघाटन गरेका थिए । रथयात्रा महाेत्सवमा हेलिकप्टरको माध्यमबाट पुष्पवर्षा समेत गरिएको थियाे । संयुक्त रुपमा नगरका विभिन्न धार्मिक संघ संस्था मठ मन्दर तथा भजन किर्तन टाेलीहरुकाे सहभागितामा भएको रथयात्रामा हजारौं भक्तजनहरु सहभागि भएका थिए । विराटचोकको श्रीकृष्ण प्रणामी मन्दिरको परिसरबाट राधाकृष्णको युगल मुर्तिलाई रथमा राखि सुरु भएको रथयात्रा नगरको विराटचाेक, हरैँचामोड, खार्साने ,सलकपुर हुदै गाेठगाउँचाेककाे परिक्रमा गरेर करीब ६ कि.मी.को दुरी पार गरि पूनः सोही मन्दिरमा पुगेर समापन भएको थियो ।

मुख्य सडकको पेटीमा मानव सागरझैँ उर्लिएका भक्तजनलाई दर्शनको अवसर दिन विभिन्न ठाउँमा विश्राम गरी रथयात्रा अगाडि बढाइएको थियो । साथै अन्य सँस्कृति झल्किने झाँकी, लाखे, नाचगान लगायत श्रद्घालुबीच चिसो पानी तथा जुसको पेय पदार्थ वितरण गर्ने विभिन्न संस्थाका प्रतिनिधि, सुरक्षाकर्मी संयमसेवकहरु रथयात्रामा सहभागी भएका थिए । रथयात्रामा सुन्दरहरैंचा नपाकाे दमकलले पानीकाे व्यवस्था समेत गरेकाेले विभिन्न संघ संस्थाको ब्यानरमा एकता र सद्भभावका साथमा धार्मिक विधिपूर्वक सहभागी भएर आफ्नो ठाउँको पहिचान तथा इतिहासलाई उच्च राख्दै रथयात्रामा हजारौँ श्रद्धालु भक्तजन सहभागी भएको सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिवप्रसाद ढकालले जानकारी दिए ।

सुन्दरहरैचा नगर क्षेत्रमा विगत ४८ वर्षदेखि स्थापित श्रीकृष्ण प्रणामी मन्दिर विराटचोकबाट सुरु भएको रथयात्रा यस ठाउँको धार्मिक सामाजिक मुल्य मान्यतालाई कायम राख्दै अघि बढ्न सफल भएको श्रीराधाकृष्ण रथयात्रा समारोह समितिका अध्यक्ष कृष्णप्रसाद शर्मा वास्ताेलाले बताए । नगरमा रथको अभाव भएको बेला विशेष प्रकारको आकर्षक रथलाई सुन्दरहरैचा नगरपालिकाले विशेष आर्थिक सहयोग गरी नेपालकै नमुना रथको रुपमा गत बर्ष नै निर्माण समेत गरेकाे थियो । रथयात्रामा विभिन्न सहयोगी संघसंस्था धार्मिक भक्तजन भजनकीर्तन टोली, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, समाजसेवी धर्मप्रेमी महानुभावहरु हर्षोल्लासका साथ सहभागी भएको रथयात्रा व्यवस्थापन समितिका सदस्य रामप्रसाद गजुरेलले बताए ।

रथयात्राबाट पाहिने फल र विधि

भगवान श्रीराधाकृष्णकाे युगल जाेडीलाई रथमा राखेर पृथ्वीकाे भ्रमण गर्दा सात पटक पृथ्वी घुमेर प्राप्त हुने फल पाहिने धार्मिक मान्यता रहि अाएकाे छ । रथयात्रामा रहेकाे रथकाे डाेरीलाई छाेएर तान्नाले मात्रै पनि सात जन्ममा गरेकाे पाप नष्ट भएर जान्छ भन्ने धार्मिक विश्वास रहेको छ । रथयात्रा भनेकाे श्रीकृष्ण भगवानकाे मंगलमय जन्म उत्सव भएकोले रथमा श्री राधाकृष्ण भगवानकाे युगल जाेडीलाई सवारी गराएर पृथ्वीमा घुमाउने गरिन्छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा द्वापरयुगकाे भाद्र कृष्ण अष्टमीकाे मध्य रातमा मथुराकाे जेलमा जन्मनु भएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नु भएको थियाे ।

रथयात्राका लागि शुरुमा धर्मिक विधि अनुसार दियाे बालेर , गणेश र कलशका साथमा पन्चकुम्भ राखेर रथकाे चक्का , इन्जिन साथै विश्वकर्मा भगवानकाे समेत पुजा गरिन्छ । रथकाे परिक्रमा गरि विधि पुर्वक पुजा सम्पन्न गरेर रथमा श्री कृष्ण भगवानकाे मुर्ती राखेर शुरुमा १ सय कदम पूर्व पट्टी रथ अघि बढाएर मात्र अावश्यकता अनुसार विभिन्न स्थानकाे परिक्रमा गरि रथ चलाउंनु पर्दछ भन्ने धार्मिक मान्यता रहेको पं सूर्यप्रसाद दाहालले पुर्वेली न्युज मार्फत जानकारी दिए ।

समसामयिक बिषयमा कलम चलाउनुहुने दाहाल पूर्वेली न्युजका सुन्दरहरैचा सहकर्मी हुनुहुन्छ ।

मणिराम दाहालबाट थप

सुन्दरहरैंचा आइडलको सेमिफाइनलमा छानिए १० प्रतिष्पर्धी

स्थानीय तहकाे निर्बाचन पश्चात सुन्दरहरैंचा नगरपालिकाका ७ महत्वपूर्ण कार्यहरु (तस्विरहरू सहित)

हाजिरीजवाफ प्रतियोगितामा स्कोलर्स होम प्रथम

सुन्दरहरैंचा राधाकृष्ण रथयात्रामा जे देखियाे… ( १९ तस्विरहरू)

बिराटचोकमा नयाँ कर नितिबारे अन्तरक्रिया

सुन्दरहरैचाको शुक्रबारेमा सिद्वार्थ गौतम बाल स्तम्भ

सुन्दरहरैंचामा विराट साहित्य समाजकाे साहित्यिक कार्यक्रम सम्पन्न

स्थानीय तहकाे निर्बाचन पश्चात सुन्दरहरैंचा नगरपालिकाका ७ महत्वपूर्ण कार्यहरु (तस्विरहरू सहित)

ग्राहकको रोजाईमा पूर्वाञ्चल पोलिमर, फेबिकल देखी पेन्ट्स सम्मको स्वदेशी उत्पादन

दाह्री ग्याङ सुन्दरहरैंचाको सहयोग अनिसा सापकोटालाई

तपाईको प्रतिक्रिया

Loading…