एकजना चर्चित ज्योतिषको भबिश्यबाणीः रवि लामिछानेको ग्रह अहिले निचो , ५६ बर्षपछि राजयोग

ईटहरी । एकजना चर्चित ज्योतिषले टेलिभिजन कार्यक्रम प्रस्तोता रबि लामिछानेको खराब ग्रह चलिरहेका कारण अझै केही बर्ष उनका लागी नराम्रो रहेको बताएका छन । चर्चित ज्योतिष तथा उप प्राध्यापक समेत रहेका कृष्णप्रसाद कोईरालाले यतिबेला राज्य संयन्त्रको योग उच्च रहेका कारण कुनै पनि हालतमा राज्य संयन्त्र झुक्ने अबस्थामा नरहेका कारण रबिप्रति राज्य थप क्रुर बन्ने संकेत देखिएको बताएका छन ।

शुक्रबार पूर्वेली न्युज सँग कुराकानी गर्दै कोईरालाले रबि प्रति राज्य थप क्रुर बन्ने संकेत देखिएको बताए । ५६ बर्षपछि रबिको राजयोग भएका कारण उनी देशको प्रमुख पदमा पुग्ने तर अझै केही बर्ष रविका लागी संकटपुर्ण अबस्था रहेको बताए । उनको पक्षमा जनलहर उत्पन्न भएपनि उनको ग्रह निचो रहेका कारण उनका लागी अबको समय थप संघर्षपुर्ण रहने उनले बताए ।

पत्रकार शालिकराम पुडासैनीको शंकास्पद मृत्युपछि उनलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा बिगत ८ दिनदेखि उनीसहित अर्का पत्रकार युवराज कँडेल र नर्स रुकु भनिने अस्मिता कार्की जिल्ला प्रहरी कार्यलय चितवनको हिरासतमा रहेका छन ।

तपाईको प्रतिक्रिया

Loading…