यस्ताे बन्दै इटहरी मुख्य चाेक ( १५ तस्विरहरू सहित)

इटहरी । इटहरीको चौरास्त चौकमा पैदलयात्रु बाटो क्रसको लागि आकासे पुल नहुँदा हैरानी खेप्दै आएका छन् । सवारीसाधनले व्यस्त चौकमा पैदलयात्रुको चाप पनि उतिकै हुन्छ । अहिले मुख्य चौकमा जाम समेत हुन थालेको कारण पैदल यात्रीलाई बाटो काट्न समस्या हुदै आएको छ । प्रदेश १ कै केन्दबिन्दु इटहरीमा आकाशे पुल बनाउँने अन्तिम तयारी भएको इटहरी उपमहानगरपालिकाले जनाएको छ । इटहरीको मुख्य चौकमा सर्वसाधरण पैदल यात्रुहरुको लागि बाटो काट्न समस्या हुन थालेको भन्दै इटहरीको मुख्य चौकमा आकाशे पुल निर्माण गरिने भएको हो । जसका कारण इटहरीको मुख्य चौकमा आवतजावत गर्न सहज हुन थालेको छ ।

इटहरीको मुख्य चौकमा विराटनगर धरान ब्यापारीक सडक विस्तार मार्गले केहि समस्या भएको भए पनि पूर्व पश्चित मार्गमा भने तत्काल आकाशेपुल निमार्ण गर्न लागिएको हो । जसको लागि इटहरी उपमहानगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयारी भईसकेको इटहरी उपमहानगरपालिकाका इन्जिनियर जीवन घिमिरेले बताए । निमार्णको काम अन्तिम तयारीमा पुगेको छ घिमिरेले भने ।

आर्थिकवर्ष ०७६–७७ को बजेटमा प्रदेश या इटहरी उपमहानगरपालिकाले गर्ने पक्का भने भएको छैन तर प्रदेश सरकारबाट गर्न भनिएको छ प्रदेशले गरेन ,भने पनि इटहरी उपमहानगरपालिकाले गर्छ इन्जिनियर घिमिरेले भने । आकाशे पुल निर्माण गर्ने अन्तिम तयारीमा पुगेको भन्दै एक महिना भित्र डेन्डर समेत आह्वान हुन्छ इन्जिनियर घिमिरेले भने । इटहरी चौकमा आकाशे पुल बनाउन डिजाइन र स्टिमेट तयार पारेको घिमिरेले जनाए ।

सर्वसाधारण पैदल यात्रु, प्रशासनिक क्षेत्रका कर्मचारी र सवारी साधनको चाप अत्यधिक हुने गर्छ । आकाशेपुल निर्माणपछि यात्रुलाई समेत सडक पार गर्न सहज हुने भएको कारण इटहरी चौकमा आकाशे पुल आवश्यकतै भएको कारण निमार्ण हुन लागेको इटहरी वडा नम्बर ६ का वडाअध्यक्ष दिपक गौतमले भने । इटहरीमा आकाशे पुल निमार्णको पहल भने १ नम्बर प्रदेश इटहरी क्षेत्र नम्बर २ क बाट निर्बाचित सांसद सार्वध्वज साँवा र सुनसरी क्षेत्रनम्बर क बाट निर्वाचित लिलम बस्नेतको पहलमा हुन लागेको हो। इटहरीको चौक आसपासको क्षेत्रमा पैदलयात्री मार्कामा परेको कारण पुल निमार्ण गर्ने काम अन्तिम चरणमा पुगेको प्रदेश सांसद लिलम बस्नेतले भने ।

विराटनगर देखि धरान सम्मको ६ लेन सडक निमार्णको कामले एक पट्टिको पुल लगाउँन भने समस्या भएको बस्नेत बताउँछन । पूर्व पश्चिम राजमार्गमा पनि फोल्डिङ वाला पुल बन्छ उनले भने । भविष्यमा चौडा बढ्यो भने फुकालेर जोड्न सकिन्छ बस्नेत भन्छन् । पुल बने पर्छ सर्वसाधरणलाई धेरै सहज हुने उनको भनाई थियो ।

तपाईको प्रतिक्रिया

Loading…