सिटको झोला काखमा राखेपछि खुल्याे विप्लवका सार्प सुटरको पोल

काठमाडौं / शनिबार बाहिरी जिल्लाबाट काठमाडौं भित्रने गाडीहरू जाँच भइरहकै थियो ।प्रहरी जवान विशाल साउदसहित ड्युटीमा रहेकाे प्रहरीले गाडीमा जाँच गरिरहेका थिए । त्यहि क्रममा बा २ ख १९८० नम्बरको बस पनि जाँच गरे। धादिङबाट काठमाडौं आउँदै गरेको उक्त बसभित्रै प्रवेश गरेर ।प्रहरी जवान विशाल साउदले जाँच गरेका थिए।

नागढुंगा नाकामा लागुऔषध र विस्फोटक पदार्थ भित्रन सक्ने भन्दै प्रहरीले तालिम प्राप्त कुकुरबाट जाँच गर्नका लागि सहयोग लिँदै आएको छ। तर शनिबार भने बिना कुकुर प्रहरीले जाँच गरिरहेको थियो। जवान साउद सामान्य रुपमा बसभित्रका यात्रु नियाल्दै बसको अन्तिम सिटतर्फ गए । ‘सोही बेला एक युवाले नजिकै रहेको आफ्नो पछाडि भिर्ने झोला तानेर आफ्नो काखमा राखे। त्यहीबाट खुल्यो विप्लवका सार्प सुटरको पोल।’

झोला तानेर आफ्नो काखमा राखेपछि जवान साउदलाई शंका लागेपछि उनले झोला खानतलासी गरेका थिए। साउदलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘हतियारसहित मान्छे छिरेको भन्ने कुनै सूचना नै थिएन। म सामान्य नियाल्दै अघि बढ्दै थिएँ। सिटको झोला काखमा सारेपछि शंका लागेर जाँच गर्दा यो रहस्य खुलेको हो।’

उक्त झोलाबाट २ थान पेस्तोल, २० राउन्ड गोली, उषा लेखिएको ९० एमएलको तेल २ बोतल, दुरबिन १ थान, मोबाइल ५ थान, विभिन्न कागजात, डायरी, सम्पर्क नम्बर बरामद गरेको छ। यी हातहतियार र महत्वपूर्ण दस्तावेजसहित पक्राउ पर्ने व्यक्ति हुन्, ललितपुर कोन्ज्योसम गाउँपालिका—२ बस्ने अन्दाजी २८ वर्षीय मुनाल भन्ने सुलभ लामा। उनीविरुद्ध हातहतियार तथा खरखजना मुद्दामा म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

 

तपाईको प्रतिक्रिया

Loading…