इटहरीमा तीज बिशेष मेकअप प्रतियाेगिता हुने

इटहरी / तीजको अवसरमा दर खाने, गित गाउने मनोरञ्जन गर्नु कुनै नौलो कुरा हैन । तीज आउनु भन्दा महिनै अगाडी देखि नै चोक तथा गल्लीहरुमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरुको आयोजना हुने गर्दछ । तर इटहरीमा पहिलो पटक तिज विशेष मेकअप प्रतियाेगिता हुने भएको छ जहाँ उत्कृष्ट हुनेले पाउने छ नगद रु १० हजार ।

यही भदै १२ गते तीजको अवसरमा ईटहरीको उद्योग बाणिज्य संघको सभाहलमा प्रदेश नं. १ स्तरीय मेकअप कम्पिटिसन हुने भएको छ । कार्यक्रममा प्रदेश नं. १ का विभिन्न स्थानहरु बाट करिब ३० जन प्रतिस्पर्धीहरुले सहभातिता जनाउने छन् भने सहभागी मध्ये प्रथम, दोस्रो र तेस्रो हुने प्रतिस्पर्धीले क्रमश १० हजार ५ हजार र ३ हजार नगदरासी सम्मान गर्ने कार्यक्रमका आयोजक पेश्को मेकअप स्टुडियो एण्ड सृजना ब्युटी पार्लरकी संचालिका मनिता तामाङले बतानइन् ।

कार्यक्रममा नेपालका चर्चित मेकअप आर्टिस्ट ए आर डेन द व्युटी पोइन्टका राजेश घिमिरे प्रमुख जर्जकाे रहनुका साथै डिजाइनर निलिमा थुलुङ पराजुली र दिनेस कोइरालाले जज्को रुपमा रहनेङ पराजुली र दिनेस कोइरालाले जज्को रुपमा रहनेछन् ।

तीजको अवसरमा खुसीयाली बाँड्नुका साथै आफु संग भएको क्षमतालाई उजागर गर्दै यसमा अझ दक्षता हासिल गर्न यो कार्यक्रमले निकै सहयोग पुग्ने आयोजक पेश्को मेकअप स्टुडियो एण्ड सृजना ब्युटी पार्लर की संचालिका मनिता तामाङले जानकारी गराउनु भयो । साथै पछिल्लो समय सौन्दर्य र फेसनले तर्फ मानिसको लगाव बढेकाले मेकअप आर्टिस्तटको रुपमा स्थापित हुन सके यस बाट पनि राम्रो आय आर्जन जर्न सकिने बताइन् ।

तपाईको प्रतिक्रिया

Loading…