चितवनमा रवि लामिछानेका समर्थक र प्रहरी बिच झडप


चितवन / रवि लामिछानेका समर्थकहरुले चितवनमा प्रहरीको गाडी तोडफोड गरेका छन् । अनुसन्धान गर्न भन्दै पत्रकार लामिछाने सहित तीनजनालाई प्रहरीले हिरासतमा राखिए उनका समर्थकहरू आक्रोसीत हूँदै ताेडफाेडमा उत्रिएका हुन् ।

प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी भ्यानमा तोडफोड गरेपछि दुवै पक्ष बिच केहीबेर झडप समेत भएको छ ।
प्रदर्शनकारीले गुडिरहेको प्रहरी भ्यानलाई एक्कासि आक्रमण गर्दा भ्यानको अगाडिको सिसा फुटेकाे छ । झडपका क्रममा प्रहरीले प्रहरीले लाठीचार्ज सहित ३ सेल असुरग्यास प्रहार गरेको प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले बताए ।

प्रदर्शनका बीच अहिलेको अवस्थाबारेमा केहीले चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लसँग छलफल गरिरहेका छन् । अहिले अवस्था सामान्य भएको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको विषयमा अनुसन्धान गर्न भन्दै पत्रकार लामिछाने सहित तीनजनालाई जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएको छ ।

तपाईको प्रतिक्रिया

Loading…