म्याथम्याटिक ओलम्पियाडमा नेपालले अनरेवल मेन्सन सहित २० राष्ट्रहरुलाइ पार्याे पछाडि

काठमान्डाें / गणितको विश्वस्तिरिय प्रतिस्पधा इन्टरनेशनल म्याथम्याटिक ओलम्पियाडमा नेपालले सानदार प्रस्तुती दिएकाे छ । अनरेवल मेन्सन सहित २० राष्ट्रहरुलाइलाइ पछाडि पर्दै नेपाले सान्त्वना पुरस्कार जित्न सफल भएकाे हाे।  यूकेको बाथमा मा भएकाे प्रतियाेगितामा ११४ राष्ट्रको सहभागिता रहेको थियाे । सहभागिहरू मघ्याबाट नेपालका कार्तिकेश मिश्रले सफल भएका हुन् ।

सन् १९५९ बाट सुरु भएको म्याथम्याटिक ओलम्पियाडमा नेपालले भने सन् २०१७ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न ५७ औँ संस्करणबाट आफ्नो पहिलो सहभागिता जनाएको थियो । हरेक वर्षको जुलाईमा आयोजना हुने यस प्रतिस्पर्धामा यस वर्ष संयुक्त राज्य बेलायतमा सम्पन्न भएकाे थियाे ।

४० जिल्लाहरुबाट उत्कृष्ट १०० विधार्थीहरु छनौट गरि बिशषज्ञहरुबाट ६ महिने निशुल्क तालिम दिई सहभागि गराउने गरेको र सहभागिता सुरु गरेको तेस्रो बर्षमै देशले यस खालको नतिजा हासिल गरेकोमा हौसला बढेकाे गणित ओलम्पियाड नेपालका अध्यक्ष दिपक बास्तोलाले वताए ।

११४ राष्टको सहभागीहरू मध्ये बाट नेपालका कार्तिकेश मिश्रले सान्त्वना पुरस्कार जित्न सफल भएका हुन्।  मिश्र सहित प्रजित अधिकारी, सौरभ कोजु, दिक्क्षान्त दुलाल, सौरभ बास्तोला र प्रतिक भण्डारी गरि ६ जना प्रतिस्पर्धि रहेका थिए भने पिताम्बर आचार्य र पर्यवेक्षकक प्रा. डा. भद्रमान तुलाधर र निरुला तामा्रकार रहेका थिए ।

तपाईको प्रतिक्रिया

Loading…